
बिर्तामोड, १८ माघ । झापाको बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री सडकखण्डमा शनिबार राति स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प.९१९९ नम्बरको स्कुटी करिब ८ः२५ बजे राति आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक ३५ वर्षीय शुभाष मादेन गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोटपटक लागेका मादेनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुर्याइएको थियो । तर, चिकित्सकले राति ८ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
Facebook Comments Box

