झापा, ६ साउन । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवललाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेर घरबाहिर निस्किएका थिए । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Facebook Comments Box



