फिदिम, ८ साउन । पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बन्दुक पड्किए जस्तो आवाज आएको सूचनापछि खटेको प्रहरी टोलील ४० वर्षका स्थानीय चोककुमार शेर्मालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शेर्माका साथबाट एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने चार थान छर्रा (गोली) बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
शुक्रबार पक्राउ परेका शेर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको उनले बताए ।
Facebook Comments Box



