झापा, १५ साउन । उत्तरी पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार हिमपहिरोपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क विच्छेद भएको हो।


एशोसिएटेड प्रेसका अनुसार टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोही रहेका छन्। अन्तिम एक आरोहीको राष्ट्रियता खुलाइएको छैन।
घटनापछि पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले सरकारी निकायसँग समन्वय गरी तत्काल खोज तथा उद्धार अभियान सञ्चालनको तयारी गरिरहेको जनाएका छन्।



