झापा, ९ कात्तिक । हिजो एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ।

आइतबार सुनको मूल्य तोलामा ११ हजार ७ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेको थियो। यसअघि कात्तिक २ गते सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य तोलामा २३० रुपैयाँले घटेर ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको थियो।
नेपाली बजारमा सुनको मूल्यले गएको माघ १५ गते ऐतिहासिक रेकर्ड कायम गरेको थियो। उक्त दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, गएको माघ १५ गते चाँदीको मूल्य पनि तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। माघ १८ गते चाँदीको भाउ तोलामा १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावटका रूपमा उल्लेख गरिएको छ।



