
रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सकिएर १६ देश नकआउट चरणका लागि छनोट भएका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन्। यसरी नकआउट चरणमा प्रवेश गर्नेमा एसियाली देश जापानसमेत छ भने बाहिरिनेमा सन् २०१४ को विश्वकप विजेता जर्मन पनि छ। विश्वकपका लागि ३२ टिम छनोट भएका थिए।
३२ देश ८ समूहमा विभाजन गरिएका थिए र उनीहरूले समूहका एक अर्काविरुद्ध तीन तीन खेल खेलेर शीर्ष दुईमा रहेका नकआउटमा पुगेका हुन् भने समूहको पुछारमा रहेका दुई टिम बाहिरिएका हुन्। अब विश्वकप खेल नयाँ चरणमा पुगेको छ।

नकआउट चरणमा एक खेल हार्ने टिम स्वतः विश्वकपबाट बाहिरिनेछ। नकआउट चरणमा एक समूहको विजेताले अर्को समूहको उपविजेतासँग प्रतस्पर्धा गर्नुपर्छ र उपविजेताले अर्को समूहको विजेतासँग। नकआउट चरणमा जम्मा ८ खेल हुनेछन्। आजदेखि सुरु हुने नकआउट चरणका खेलमा कसको प्रतिस्पर्धी को छ ?
खेल १
फ्रान्स विरुद्ध अर्जेन्टिना – १६ गते राति ७ः४५ बजे
खेल २
उरुग्वे विरुद्ध पोर्चुगल – १६ गते राति ११ः४५ बजे
खेल ३
रसिया विरुद्ध स्पेन – १७ गते राति ७ः४५ बजे
खेल ४
डेनमार्क विरुद्ध क्रोएसिया – १७ गते राति ११ः४५ बजे
खेल ५
ब्राजिल विरुद्ध मेक्सिको – १८ गते राति ७ः४५ बजे
खेल ६
बेल्जियम विरुद्ध जापान – १८ गते राति ११ः४५ बजे
खेल ७
स्वीजरल्यान्ड विरुद्ध स्वीडेन – १९ गते राति ७ः४५ बजे
खेल ८
इंग्ल्यान्ड विरुद्ध कोलम्बिया – १९ गते राति ११ः४५ बजे
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
