
पुजन आचार्य
भद्रपुर, ११ भदौ । झापा जिल्लामा त्रिभुवन विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस यतिबेला उच्च शिक्षाको भरोसालायक गन्तव्य बनेको छ । विगत २०२१ सालको असोज १२ गते मेची इन्टरकलेजको नाममा स्थापित आजको मेची बहुमुखी क्याम्पसले आफ्नो करीब ५५ वर्षको यात्रा पार गरिरहँदा ८ विषयमा स्नातक (डिप्लोमा) र ५ विषयमा स्नातकोत्तर (डिग्री) तहसम्मको अध्यापन गराइरहेको छ ।
प्रारम्भमा मानविकी संकायको प्रमाणपत्र तहबाट शुरु भई २०२७ सालदेखि भने स्नातक तहसम्मको अध्ययन–अध्यापन यहाँ चालू छ । त्यसपछि २०३९ सालदेखि व्यवस्थापनतर्फ प्रमाणपत्र तह, २०४३ सालदेखि व्यवस्थापनकै स्नातक तह, २०४६ सालदेखि कानून विषयमा प्रमाणपत्र तह र २०५३ सालदेखि कानूनमै स्नातक (हाल ः फेज–आउट) का शैक्षिक कार्यञmम थपिंदै संकायगत विस्तारसँगै २०५५ सालदेखि नेपाली विषयमा स्नातकोत्तर तह प्रारम्भ भई २०५७ सालदेखि अर्थशास्त्र, २०६७ सालबाट अंग्रेजी, २०६८ सालबाट समाजशास्त्र तथा मानवशास्त्र थप स्वीकृत भई हाल ५ विषयमा स्नातकोत्तर (एम.ए.) तहसम्मको पठनपाठन भइरहेको छ ।
सैद्धान्तिक पाठ्यक्रमका अतिरिक्त विश्वबजार सुहाउँदो, स्वरोजगारमुखी सीपमुलक प्राविधिक विषयका नयाँ शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिंदै २०६८ सालदेखि यस क्याम्पसमा चिया विज्ञान विषयको र २०७० सालदेखि बी.बी.ए.को कक्षा सञ्चालन हुँदै आएका छन् ।
यो क्याम्पस स्थापनादेखि लिएर आजसम्मको क्रमिक उन्नयनमा धेरै सहयोगी हातहरूको स्मरणीय योगदान रहेको छ । अभिलेखीकृत इतिहास छ — २०२१ सालमा भद्रपुर हाईस्कूलको भवनमा २०२६ सालसम्म सन्ध्याकालीन कक्षा सञ्चालन गरेर इन्टरकलेजको सञ्चालन भएपश्चात् केही वर्ष भद्रपुरस्थित रेडक्रस भवनमा समेत कक्षाहरू सञचालन भएका थिए । २०२३ सालको भदौ १२ गते तत्कालीन अञ्चलाधीश बद्रीबिक्रम थापाको अध्यक्षतामा गठित समितिको पहलबाट हाल भद्रपुर नगरपालिकाको वडा नं– ८ मा ७ बिघा १० कठ्ठा जग्गा दानबकाट प्राप्त भएको र त्यसमा थप ७ बिघा १२ कठ्ठा क्याम्पसले खरीद गरेपछि २०२४ सालमा तत्कालीन अञ्चलाधीश छिरिङ तेन्जी लामाको अगुवाईमा क्याम्पस भवनको निर्माणकार्य शुरु भई २०२७ सालदेखि आफ्नै भवनमा पठनपाठन शुरु गरिएको इतिहास छ ।
स्थापनाताकाका प्रिन्सिपल जगतबन्धु कार्कीले २०२१ देखि २०२३ सालसम्म र प्रा.डा. रामेश्वर अधिकारीले २०३० सालसम्म नेतृत्व प्रदान गरेपछि २०३० सालदेखि भने क्याम्पस–प्रमुखका रूपमा मोहनराज शर्मा, जीवेश्वरलाल श्रेष्ठ, घनश्याम खनाल, खगेन्द्र प्रसाईं, गणेश झा, चित्रबहादुर श्रेष्ठ, बालकृष्ण चौधरी, कुमार बस्नेत, श्रीमती टीका प्याकुरेल, चिन्तामणि दाहाल र उमानाथ ओलीले २०७३ सालसम्म नेतृत्व प्रदान गरेका थिए । मेची बहुमुखी क्याम्पस समग्र विकासको नयाँ चरणमा भने वर्तमान क्याम्पस–प्रमुख कमल गुरागाईंको कार्यकालमा प्रवेश गरेको मान्दा हुन्छ । गुरागाईंले नेतृत्व सम्हाले यता नै यो बहुमुखी क्याम्पस विधिवत् रूपमा २०७४ सालमा स्वायत्ततामा प्रवेश गरेको हो ।
स्वायत्तता प्राप्ति यताका विभिन्न चरणमा यस क्याम्पसले युगानुकूल शैक्षिक पाठ्यक्रममा अध्ययन–अध्यापनको व्यवस्था गदैर् आफूलाई गुणस्तरीय उच्च शिक्षा प्रदायक संस्थाका रूपमा स्तरोन्नयन गनेर् चरणमा छ । अब निकट भविष्यमै क्यू.ए.ए.(गुणस्तर प्रतिबद्धता मान्यता) समेतको पहिचान प्राप्त गर्न लागेको यस क्याम्पसले अनुसन्धानमूलक, समाजप्रति उत्तरदायी र प्रविधिमूलक नयाँ शिक्षा प्रदान गरी विश्वस्तरीय प्राविधिक र व्यावसायिक जनशक्ति उत्पादन गनेर् लक्ष्य लिएको छ । गुणस्तरीय शिक्षाको पहुँच समाजका सबै वर्ग र तहलाई उपलब्ध गराएर राष्ट्रको विकास एवम् कल्याणमा सहयोग पु¥याउने उद्देश्य यो क्याम्पसले राखेको पाइन्छ ।
‘गुणस्तरीय उच्च शिक्षाको सुलभता ः प्राविधिक तथा व्यावसायिक शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा तय गरेर गत २०७१ सालको असोजमा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको प्रमुख समुपस्थितिमा स्वर्ण महोत्सव आयोजनाको गौरव समेत सँगालेको यस मेची बहुमुखी क्याम्पसले बी.एस्सी. कम्प्युटर साइन्स÷ इन्फमेर्शन टेक्नोलोजी यसै शैक्षिक सत्रदेखि सीएसआइटी कक्षा पनि प्रारम्भ गरेको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट प्रदत्त अनुदानबाट आफ्नो भौतिक र शैक्षणिक गुणस्तर वृद्धि गदैर् विश्वस्तरीय क्याम्पस (कलेज)हरू सरहको स्तरीकरण गनेर् चरणमा प्रवेश गरिसकेको छ । सम्भवतः यसै वर्ष यस क्याम्पसले सो मापदण्ड अनुकूल आफ्नो पहिचान स्थापित गनेर् छ ।
हाल यस क्याम्पसमा संकायगत रूपमा १,८०० को हाराहारीमा विद्यार्थी अध्ययनरत् छन् भने प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायक, उप–प्रशिक्षक गरी १२३ जना अध्यापनरत् रहेको २०७४–७५ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । अन्य कुनै पनि कक्षाको पढाइ नरोकिकनै परीक्षा सञ्चालन गनेर् व्यवस्था पनि पहिलो पटक यसै क्याम्पसमा गरिंदैछ । क्याम्पसको मूल बिल्डिङको तेस्रो तलाको वातानुकूल र सुविधाजनक हलमा परीक्षा दिने व्यवस्था गरिंदैछ, जुन नेपालमै पहिलो हो । सीसीटीभी समेत जडान गरिने यस्तो सुविधाजनक परीक्षाहल केन्द्रीय क्याम्पस त्रिविमा समेत हालसम्म छैन । निकट भविष्यमै यसै क्याम्पस परिसरमा छात्राहरूका लागि छुट्टै गल्र्स होस्टेल पनि निर्माण हुने चरणमा रहेको बुझिएको छ ।
कुनै बेला लगभग ७ सय विद्यार्थी मात्र अध्ययन गनेर् यो क्याम्पसमा हाल १,८०० विद्यार्थी विभिन्न संकायगत विषयमा अध्ययनरत् छन् । झापा जिल्लाका मात्र नभएर अन्य जिल्लाबाट पनि यस क्याम्पसमा पढ्न आउने विद्यार्थीहरू निकै संख्यामा छन् । समयको माग अनुरुप शिक्षालाई व्यावसायिक र गुणस्तरीय तुल्याएर विद्यार्थीलाई सक्षम, दक्ष एवम् योग्य बनाउने दूरसोच र इमान्दार पहलका कारण मेची क्याम्पसको शाख दैनन्दिन बढ्दो छ । त्यही शाखका कारण विद्यार्थीहरूको आकर्षण संख्यात्मक रूपमा मात्र नभएर उत्तीर्ण प्रतिशत समेत उत्साहप्रद छ र विद्यार्थीहरूको यही बढ्दो आबद्धता एवम् विश्वासले मेची बहुमुखी क्याम्पसलाई गुल्जार बनाइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


