झापा, ५ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट बाँकेमा थप ५३ जनाको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ४६ जना पुरुष र एक जना महिला रहेका छन।
त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिले स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको ५३ जना र बिहान पुष्टि गरेको ९ जना गरेर आज एकै दिन ६२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५७ पुगेको छ । जस मध्ये २ जनाको ज्यान गएको छ । त्यस्तै ३६ जना निको भएर घर फर्किएका छन ।
Facebook Comments Box
- admin


