भद्रपुर, २२ फागुन । नेकपा माओवादी केन्द्रले शहिद सप्ताह अन्तरगत शनिबार झापाका शहिद परिवारसँग भेटघाट गरेको छ ।
पार्टीले भेटघाटसहित उनीहरुका परिवारलाई सम्मान समेत गरेको छ । जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्डका ५ जना शहिदहरुको स्मृतिमा झापामा प्रत्येक फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउदै आइएको छ ।

जनयुद्धका शहिद रम्तेलको २०५२ फागुन १४ गते हत्या भएको थियो । शहिद सप्ताहको अन्तिम दिनको अवसर पारेर माओवादी केन्द्रले भद्रपुर नगरपालिकाका ८ जना शहिद परिवारसँग भेटघाट गरेको पार्टीका भद्रपुर नगर इन्चार्ज नरेश संजेलले जानकारी दिए ।
पार्टीका प्रदेश सदस्य तथा ३ नं. क्षेत्रका इन्चार्ज डिल्ली घिमिरे ( हिक्मत), प्रदेश सदस्य निरु खतिवडा, बन्दना झागर, निरा संजेल, नगर इञ्चार्ज संजेल, पार्टीका नगर अध्यक्ष शिवराज भण्डारी, नगर सह–इञ्चार्ज मेदनी शिवाकोटी, एनपी वानेम, पुकारचन्द्र राजवंशीसहितको टोलीले शहिद परिवारसँग भेटघाट गरेको हो ।
टोलीले भद्रपुर १ का शहिद शंकर घिमिरे (नन्दु), मानवीर राई (सोल्टी), भद्रपुर–३ कि मनमाया बिक, भद्रपुर–४ का दीपक पोखरेल, भद्रपुर–७ का खगेन्द्र पौडेल, भद्रपुर–८ का देवीप्रसाद वाग्ले, भद्रपुर ९ का गंगाराम मिश्र र जनआन्दोलन २०६२–०६३ का शहिद सुरज विश्वासका परिवारसँग भेटघाट र सम्मान गरेको जनाइएको छ ।
- admin



