
काठमाडौँ, ९ भदौ । इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् ।
म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । तेह्र देशका २१ धावक सहभागी म्याराथनमा नेपालका दुईसहित अन्य छ मुलुकका खेलाडीले दौड पूरा गर्न नसकेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

जाकर्ताको बुङकार्नोको रङ्गशालामा भएको प्रतिस्पर्धामा कृष्णले दुई किलोमिटर दुरी बाँकी हुँदा दौड त्यागेका थिए । ४० किलोमिटर दुई घण्टा १३ मिनेट २३ सेकेण्डमा पूरा गर्दा उनी १२ औँ स्थानमा थिए । यता गोपिचन्द्रले ३० किलोमिटरपछि दौड त्यागेका थिए । उनी त्यति बेलासम्म १९ औँ स्थानमा थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
