
एजेन्सी, अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीको जर्सी तथा तस्वीर जलाउन समर्थकलाई आग्रह गरेका एकजना व्यत्ति १२ महिना प्रतिबन्धमा परेका छन् । प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्ष जिब्रिल राजिब एकवर्षको प्रतिबन्धमा परेका हुन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्ष राजिबमाथि १२ महिनाको प्रतिबन्ध लगाएको हो । जिब्रिलले घृणा तथा हिंसा भड्काउनका लागि उक्साएको फिफाले जनाएको छ । जिब्रिलले १५ हजार ८२६ पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । जिब्रिलले अर्जेन्टिना र इजरायलबिच हुने तय भएको मैत्रीपूर्ण खेलअघि मेस्सीको जर्सी तथा तस्वीर जलाउन भनेका थिए ।

खेल गएको जुनमा जेरुसेलममा हुने तय भएको थियो । तर विवाद बढ्दै गएपछि खेल रद्द गरिएको थियो । प्रतिबन्ध लागेका जिब्रिलले अबको १२ महिना कुनै पनि हैसियतमा फुटबल खेलमा सहभागिता जनाउन पाउने छैनन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
