
काठमाडौँ, २१ भदौ । मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ ।
टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् ।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रहयो । राउण्ड रोविन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएइं) र हङकङसँग पराजित भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
