
काठमाडौं, ०१ मङ्सिर । डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।
उनीहरुले बिहीबार बिहान १० बजेर १० मिनेटमा सगरमाथाको नजिक पाँच हजार तीन सय मिटरको उचाईमा तीन मिनेट तीन सेकन्डसम्म जोडी नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।


नेपालको पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने उद्देश्यले विभिन्न जातजाति राई, मगर, लिम्बु, शेर्पा, तामाङ, गुरुङ साथै मारुनी नृत्यलाई समावेश गरी गीतमा प्रस्तुती दिइएको बताइएको छ ।
उनीहरूले ‘हाइयष्ट अल्टिच्युड कोरिग्राफर डान्स अन ल्यान्ड’ टाइटलमा विश्व रेकर्ड कायम गर्न सफल भएको बताएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

