
सान नेपाल
गौरादह,१९ असोज । कुखुरा पालक किसान संघ झापाले जिल्ला प्रसासन कार्यालयका प्रमुख जनक राज दाहाल समक्ष एक ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।
किसानले उत्पादन गरेको कुखुराको मुल्य किसानले नै तोक्न पाउनुपर्ने मुख्य माग राख्दै ज्ञापन पत्र बुझाइएका हुन् । ज्ञापन पत्रमा जिउदो कुखुरा र काटेको मासुको मुल्य निर्धारण गर्ने, विदेशी भूमीबाट कुखुरा आयात गर्न रोक लगाइनु पर्ने, चारो, चल्ला र दवाईमा एकरुपता हुनुपर्ने, बैलर कुखुरा पालन व्यवसायहरुलाई पनि सरकारी अनुदान उपलब्ध हुनुपर्ने, एक स्थानिय तहमा कम्तिमा २ जना डाक्टरको व्यवस्था गरिनु पर्ने, कुखुरा पालक किसानहरुलाई आवस्यक तालिमको व्यवस्था गरिनुपर्ने, प्रत्येक स्थानिय तहमा मासु भण्डारणका लागि कोलस्टोरेजको व्यवस्था गरिनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
ज्ञापन पत्र हस्तान्तरण गर्दै किसानहरुले आप्mना मागहरु यथासिघ्र सम्बोधन हुनुपर्ने बताएका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले किसानहरुले प्रस्तुत गरेका मागहरुको लागी सम्वन्धित निकायसँग पहल गरिने र माग पुरा गरिने बताए । उनले सीमा क्षेत्रबाट हुने अबैध कुखुराहरुको प्रवेशका लागि आजैबाट कडाइ गरिने समेत बताए । संघले आजै जिल्लाका १५ वटै स्थानिय तह र जिल्ला समन्वय समिति झापामा समेत संयु्क्त रुपमा ज्ञापन पत्र हस्तान्तरण गरिएको कुखुरा पालक किसान संघ जिल्ला कार्य समिति सचिव डिल्लीराम उप्रेतीले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


