
बुधवारे, २४ साउन । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।
दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, वडा ५ का वडाध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस सोसाइटी झापा शाखाका जिल्ला सदस्य हरि पोखरेल ,रेडक्रस बुद्धशान्ति उपशाखा सभापति पुष्पराज भट्टराई, ईलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख प्रविण भट्टराई ,स्थानीय समाजिक व्यक्तित्व मनोरथ तिवारी, चन्द्रप्रकाश कोइराला, धिरेन्द्र ढकाल सहित संचारकर्मी, दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दारी ग्याङ झापाका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य रामजंग भट्टराईले राखेका थिए भने कार्यक्रमको सञ्चालन दारी ग्याङ झापाका सचिव विवेक सुन्दासले गरेका थिए । सामाजिक संस्थाको रुपमा परिचित हुँदै गएको दारी ग्याङले यस अघि बाढि पिडितलाई सहयोग, रक्तदान कार्यक्रम, विभिन्न कार्यक्रमहरुमा स्वयंमसेवकको भुमिका लगायतको सामाजिक कार्य गर्दै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


