
चन्द्र बस्नेत
कनकाई, २९ साउन । झापाको कनकाई नगरपालिका ८ र ४ नम्बर वार्डका २४ जना भुमिहिन सुकुम्बासीलाई आज आइतवार तेस्रोपटक जग्गा धनीपुर्जा प्रदान गरिएको छ ।
नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आउँनुभएका र देशभर आफ्नो तथा आफ्नो परिवारको नाममा जमिन नभएका २४ घर परिवारलाई निशुल्क बसोबासीको आधारमा जमिनको लालपुर्जा प्रदान गरिएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
नगरपालिकामा आयोजित विशेष कार्यक्रममा विच राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डे , कनकाई नगरपालका प्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद उपाध्याय , युएन हयाबीटाटकी प्रोग्राम कोडिनेटर मिस हेलेन जीएलटिएन, नापी कार्यालय झापाका प्रमुख सुरेशलाल कर्ण, भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाल, कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाललगायातले लामो समयदेखि कनकाई नगरपालिका ४ र ८ नम्बर वार्डमा बसोबास गर्दै आउँनुभएका सुकुम्बासीलाई आधा कठ्ठादेखि डेढ कठ्ठासम्मसम्मको धनीपुर्जा बितरण गरेको हो ।

आज कनकाई नगरपालिकामा आयोजित विशेष कार्यक्रमका विच वार्ड नम्बर ४ का ११ जना र ८ का १३ जना सुकुम्बासीलाई धनीपुर्जा बितरण गरिएको नगर कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
धनीपुर्जा बितरण गर्दै राष्ट्रिय भुमि आयोग झापाका अध्यक्ष तिलकसिङ पाण्डेले कतिपय अवस्थामा आयोगलाई पुर्ण अधिकार र बजेट नदिएको कारण आयोगले पुर्ण क्षमताका साथमा काम गर्न नपाएको भन्दै कनकाई नगरपालिकाले प्रदेशमै सबैभन्दा वढी काम गरिरहेको बताउनुभयो ।
आयोगलाई सरकाले वन जंगलको २१ सालको नापीका वेलामा रहेको सार्वजनिक बाटो, पैनी, खोलाको जमिनको धनीपुर्जा नदिनु भनेको छ हाल ती। स्थानमा बसोबासी छ यसैले समस्या भएको छ आयोगका अध्यक्ष पाण्डेले भन्नुभयो । यद्धपि देशकै सबैभन्दा बढी धनीपुर्जाको क्षेत्रमा कनकाईले काम गरिरहेको भन्दै पाण्डेले कनकाई नगरपालिकाको कामको मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा भुमिहिन दलित ३ सय ७७, भुमिहिन सुकुम्बासी २ हजार ३ सय २९ र अव्यवस्थित बसोबास गर्ने ४ हजार ४ सय २५ जना करि कुल ७ हजार ९१ जना भुमिहिन, दलित तथा अव्यवस्थित बसोबासीको धनीपुर्जा वितरणको तयारी गरिएकोमा हालसम्म ८१ जनाको मात्रै धनीपुर्जा बितरण गर्न पाएको बताउँनुभयो । कतिपय कानुनी झन्झट र महगो शुल्कका कारण खासमा अव्यवस्थित बसोबासीको धनीपुर्जा बितरणमा समस्या आएको नगरप्रमुख पोखरेलले भनाई रहेको छ ।
कार्यक्रममा राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष पाण्डे , भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद उपाध्याय , शुरेश कुमार खनाल , युएन हयाबीटाटकी प्रोग्राम कोडिनेटर मिस हेलेन जीएलटिएन, युएन हयाबीटाटका प्रतिनिधि राजाराम छ्तकुल्ली , नगर कर्मचारी दिवस ओलि , रन्जना कट्टेल, नापी कार्यालय झापाका प्रमुख सुरेशलाल कर्ण, भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाल, जगत देउजा, देवेन्द्र चापागाईं , रेनु कडेल कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल लगायातले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सन्चालन कर्मचारी लक्ष्मी अधिकारीले गर्नुभएको थियोे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


