
झापा, ३१ साउन । धनीपुर्जाको समस्या समाधानका लागि कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसहितको प्रधानमन्त्री कार्यालय पुगेको छ ।
विविध कानुनी जटिलताका कारण बर्षौंदेखि बसोबास गरिरहेका स्थानीयले जग्गाको धनीपुर्जा नपाएको भन्दै झापा कनकाई नगरपालिकाका नगरप्रमुख सहितको टोली अहिले प्रधानमन्त्री कार्यालयमा पुगेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, वडाध्यक्ष, र स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना समस्या राखेका हुन् ।
कनकाई नगरपालिकामा मात्रै ७ हजार ५०० भन्दा बढीलाई सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको जग्गाको धनीपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । तर कानुनी जटिलताका कारण तथा अव्यवस्थित बसोबासीका नागरिकका लागि जमिनको धनीपुर्जा लिनका लागि चर्को शुल्क तोकिएपछि वर्षौंदेखि आफुले कमाउँदै आएको जमिनका लागि चर्को शुल्क तोकिएको भन्दै शुल्क घटाउन माग गर्दै नगरप्रमुखको टोली एक सातादेखि काठमाडौंमा डेलिकेशनका लागि गएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कनकाईको जस्तो भुमिको समस्या देशका अन्य भागमा समेत भोगिरहेको भन्दै आफु समेत यही समस्याबाट प्रताडित बनिसकेकाका कारण तत्कालै समस्याको समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको नगप्रमुख पोखरेलले बताउनुभयो ।
मन्त्रीमण्डलबाट समाधान हुने कुरा मन्त्री मण्डलबाट र त्यहाँबाट सम्भव नहुने कतिपय ऐन कानुनहरु परिमार्जन गरेरै सबै नागरिकलाई आधार र प्रमाणका आधारमा जग्गाको धनीपुर्जा प्रदान गरिने प्रधानमन्त्रीले बताउनुभएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
त्यसैगरी टोलीले भुमि व्यावस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ र सभामुख देवराज घिमिरेलाई समेत ज्ञापन पत्र बुझाएको छ । भुमि मन्त्रीले समेत कनकाई नगरपालिकाको मात्रै नभएर यो देशभित्रकै समस्या भएको भन्दै चाडै समस्या समाधान गर्न आफुहरु लागिपर्ने प्रतिवद्धता जनाउनुभएको कनकाई नगरपालिका ४ नम्बरका वडाध्यक्ष रोषन सुवेदीले बताउनुभयो ।

प्रधानमन्त्रीलाई कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, एमालेका कनकाई नगर अध्यक्ष खडग प्रसाई, माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, राप्रपाका ख्याम कार्की, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदी, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, समाजसेवी ओम पाठक, कनकाई नगरपालिका १ की वडासदस्य निर्मला खडका, ४ का वडासदस्य मोहन संग्रौला लगायातको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


