
झापा, २० भदौ । पूर्वी नाका काँकरभिट्टाबाट एक महिनाको अवधिमा ९६ करोड ४६ लाख बराबरको अलैंची निर्यात भएको छ ।
चालू आर्थिक वर्ष २०८०÷०८१ को पहिलो महिना अर्थात् साउनमा महिनामा रू ९६ करोड ४६ लाख ५ हजार बराबरको सात लाख ८८ हजार ७ सय ४० किलोग्राम अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
गत आर्थिक २०७९÷०८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षकोे पहिलो महिनामै अलैंचीको निर्यात उच्च रहेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षकोे साउन महिनामा २२ करोड ८५ लाख ८६ हजार मुल्य बराबरको २ लाख ७७ हजार ८ सय ६९ केजी अलैंची निर्यात भएको थियो । तर, चालू आवको साउन महिनामा मात्रै ९६ करोड ४६ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख ८८ हजार ७ सय ४० किलो अलैंची निर्यात भएको छ । जुन अघिल्लो वर्षको भन्दा ७३ करोड बढी र प्रतिशतका हिसाबले ३ सय २२ बढी हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



