
झापा, १६ असोज । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा विजयी हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनको आज बेलुका साढे ७ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
थापाले निकटम् प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गर्नुभएको हो । शेयरबहादुर थापाले जम्मा ५२३ मत ल्याउँदा फुयाँलले ३७६ मत ल्याउनुभयो । यसैगरी, महासचिवमा समेत शेरबहादुर थापाकै दिनानाथ खतिवडा विजयी हुनुभयो । खतिवडाले ४३५ मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्वन्द्वी कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याउनुभयो ।
बरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडा, उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्यक्षमा अम्बिका खरेल, सचिवमा यामनाथ खतिवडा, कोषाध्यक्षमा मानबहादुर पौडेल विजयी भएका छन् । कुल ११२८ मतमा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।
कोटीहोम धार्मिक विकास संस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र शेरबहादुर थापाको प्यानल अर्कातिर चुनावी प्यानल बनाएर निर्वाचनमा होमिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


