
झापा, २४ असोज । चाडपर्वलाई लक्षित गर्दै झापाको सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
झापा मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारत सीमा नाका काँकरभिट्टामा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि २ वटा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले Dog Sniffing कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


