
कनकाई, २७ असाेज । बालबालिकाहरुका हक अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्ने उद्देश्यका साथ कनकाइ नगरपालिकाले बालमैत्री स्थानीय शासन युक्त नगरपालिका निर्माण अभियानलाई निरन्तर सञ्चालन गरिरहेको छ ।
२०८१ भदाै २९ सम्ममा सिङ्गो नगरपालिकालाई बालमैत्री बनाउने प्रतिबद्धता गरेको नगरपालिकाले हालसम्म पहिलो चरणमा कनकाई-५, ६ र ८ गरी तीन वटा वडाहरु बालमैत्री घोषणा गरिसकेको अवस्था छ ।
दोस्रो चरणमा बाँकी रहेका ६ वटा वडासहित सिङ्गो नगरपालिका बालमैत्री बनाउने लक्ष्यका साथ आफ्ना कार्यक्रमहरु तीब्र गतिमा सञ्चालन भइरहेको छ ।
हाल बाँकी रहेका वार्डहरुमा बालमैत्री अभिमुखीकरण साथै समुदायस्तरमा बाल अधिकार समिति गठन तथा प्रशिक्षण कार्यक्रम भइरहेको छ भने वडा न.१-२ र ७ मा सम्पन्न समेत भएको कनकाई नगरपालिकाका बाल कल्याण अधिकारी उमानाथ ढकाल ले जानकारी दिनुभयो ।
नेपालि हरुका महान चाडपर्व घर आगनमा आइसकेको अवस्था छ बर्ष भरि खाने अन्न बाली उठाउन चट्टारो छ तर पनि आम अभिभावक हरु बालबालिका को कार्यक्रम भनेपछि उत्साहपुर्ण तरिकाले सहभागी भैदिनुभएको देख्दा कनकाइ नगरपालिका तोकेको मिति भन्दा अगाडिनै बालमैत्री घोषणा हुने कुरामा कुनै दुई मत नरहेको जानकारी दिनु भयो ।
नगर बालमैत्री निर्माण अभियान कनकाइ नगरपालिका को मात्र नभएर कनकाइ भित्र रहनुभएका सम्पुर्ण आम नागरिक हरुको भएकाले यहाँ रहेका संघ संस्था, धार्मिक समुह , आमा समुह, स्वास्थ संस्था,जनप्रतिनिधि, बालबालिका लगायत सम्पुर्णले उत्तिकै सहयोग गर्न र नगरपालिकासँग हातेमालो गर्न कनकाइ भरि छरिएर रहेका बालबालिकाहरुको आधिकारिक छाता संगठन कनकाइ नगर बाल संजालका अध्यक्ष अभिषेक मिश्र ले अनुरोध गर्नुभयो ।
झापा जिल्ला बाल सञ्जालका अध्यक्ष समेत रहनुभएका मिश्रले हाल बालमैत्री अभियान आम नागरिकको घर घरमा पुग्दै गएकोमा अब कुनै पनि बालबालिका आफ्नो अधिकारबाट बन्चित हुनुपर्ने अवस्था नआउने मा ढुक्क समेत व्यक्त गर्नु भयो ।
बालमैत्री नगर निर्माणको अभियानमा झापाभरिका अरु पालिका भन्दा अघाडी रहेको तर पनि घोषणा गर्न हतार नगरेको नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताउनु भयो । उहाँले बालमैत्री कनकाइ निर्माण अभियान घोषणाका लागी मात्र नभएर साच्चिकै कार्यनयनका लागि आवस्यक भएकाले बालमैत्री सुचक अन्तर्गतका सुचक हरु साच्चिकै पुरा नहुन्जेल नगरपालिकाले घोषणा गर्न हतार नगर्ने समेत उहाले जानकारी दिनुभयो ।
“बालबालिका भोलिका देशका कर्णधार मात्र नभएर आझका साझेदार पनि हुन त्यसैले बालबालिका लाई आज बाट नै सहि निर्देशन सहित मार्गदर्शनमा हिडाउन हामीले पहल गर्नुपर्छ”, नगर प्रमुख ले भन्नुभयो ।
राष्ट्र ले तोकेका ५१ र कनकाइ नगरपालिका ले थप गरेको २ गरि हाल ५३ वटा सुचक सहित नगरपालिका ले काम गरिरहेको छ ।
हाल अभिमुखिकरण का कामहरु भैरहेका छन् भने यस पछीको चरणमा बाल श्रम विरुद्धका स्टिकर टास, बाल बिवाह, बाल श्रम्, बाल हिंसा आदिको अन्त्य बालबालिकाको वस्तुगत विवरण तयारी, अनुगमन, घरदैलो अभियान, बालमैत्री सन्देश सहितका बोर्ड टास कार्यक्रम आदि तयारी अवस्थामा रहेको र अझ धेरै काम गर्न बाँकी रहेको अवस्था छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


