
अर्जुनधारा, २० कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–३ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड खुदुनावारीले ४० प्रतिशत अनुदानमा आधुनिक तान्ने फलामको हलो वितरण गर्न भएको छ ।
खेती लगाउँदा लागत कम लाग्ने, श्रम र समयको बचत, उत्पादनमा बृद्धि गर्न सकिने भएकाले सो उपकरण वितरण गर्न तयारी गरिएको संस्थाका मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेलले जानकारी दिनुभयो । उहाँले मुख्यगरी आलु, सीवि, राजमा, प्रोथे सीवि, मकै लगायत तरकारी बालीका लागि बहुउपयोगी रहेको लुइटेलले बताउनुभयो ।
संस्थाको २४ औं साधारणसभाबाट पारित निर्णय अनुसार किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न ४० प्रतिशत संस्थाको अनुदान र ६० प्रतिशत समूहको लगानी रहने छ ।
फलामको हलो वितरण गर्न तयारी स्वरुप कार्यालयमा उपलब्ध भइसकेको र चाँडै शेयर सदस्यको माग अनुसार एक समूह एक हलो उपलब्ध गराइने संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालले जानकारी दिनुभयो । उहाँले आधुनिक उपकरणले कृषकको जीवनस्तरमा धेरै सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



