
भद्रपुर, ५ मंसिर । झापामा कात्तिक महिनामा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।
कात्तिममा ४६ वटा दुर्घटनामा परी १० पुरुष र ३ महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा १० जना सख्त घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । गत वर्षको तुलनामा यो वर्ष चाडपर्वको समयमा दुर्घटनामा भने कमी आएको उहाँको भनाइ छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


