
झापा, १९ मंसिर । झापाको कमल गाउँपालिकाले सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै एक कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
गाउँपालिकाले श्री शेर्पा/ हेना/ सुनामी जेभी विदुर–७ नुवाकोटलाई एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको हो । त्यस्तै, पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनाल पाँचथरले भारत कन्ट्रक्सन/ मैनाचुली/ सिद्धिसाई जेभी काठमाडौंलाई तीन वर्ष र मैनाचुली/सिद्धिसाई जेभी काठमाडौंलाई दुई वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा ९१० बमोजिम निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


