
अर्जुनधारा, ७ माघ । अर्जुनधारा नगरपालिकामा पशु अस्पताल निर्माणको तयारी थालिएको छ ।
करिब ४ करोड रुपैयाँको लागतमा नगरपालिकामा अत्याधुनिक भेटनरी अस्पताल निर्माण गरिने भएको हो ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालको उपस्थितिमा भएको छलफलमा अस्पताल निर्माण गर्ने निर्णय भएको जनाइएको छ । छलफलमा नगर उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पूर्व महानिर्देशक डा. प्रहलाद सापकोटा, दिलिप सापकोटा, वरिष्ठ कार्यक्रम प्रबन्धक हेफरका दिपेश पोखरेल, आर्थिक विकास संयोजक गौरीमाया चिमोरिया लगायतको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



