
भद्रपुर, २८ माघ । झापाको भद्रपुर नगरपालिकाले यहाँका कृषकलाई मकैको बिऊ र कृषि चुन वितरण गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखाले उन्नत कृषि उपज उत्पादन अन्र्तगत यस वर्षका लागि उन्नत जातको मकै ८ हजार ३ सय ३३ केजी र ४ हजार ४९ बोरा कृषि चुन वितरण गरेको हो ।

शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार उन्नत मकैको रामपुरे ६२५६ के.जी. र अरुण २०७७ के.जी. कृषकलाई अनुदानमा वितरण गरिएको छ । उनले सिञ्चाइका लागि ५० थान पानी तान्ने पम्प समेत अनुदानमा वितरणका लागि कृषकसित आवेदन मागिएको जानकारी दिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



