
बिर्तामोड, १३ चैत । झाापको बिर्तामोड नगरपालिका–१ पश्चिम बसस्टेण्डमा आज राति ८ः२० बजे एक युवामाथि छुरा प्रहार भएको छ ।
सोही स्थानका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको हो । झै–झगडाका क्रममा मुर्मुमाथि चक्कु प्रहार गरिँदा उनको बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । उनको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने अबस्था तत्काल गम्भीरर रहेको छ ।
घटनामा सम्लग्न पाँच जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । पक्राउ पर्नेमा बिर्तामोड–१ का २३ वर्षीय राम टुडु, बिर्तामोड–६ की १९ वर्षीया एलिना श्रेष्ठ, बिर्तामोड–१ का २९ वर्षीय सुसान मुर्मु, अर्जुनधारा–११ का ३० वर्षीय सरोज सहनी र कनकाई–१ का २३ वर्षीय मनोज बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


