
शिवसताक्षी, १४ चैत । झापाको शिवसताक्षी नगरपालिका एक व्यापारीले वडा नं. ३ का किसानका लागि आएको युरिया मल गौरादह नगरपालिकामा पुर्याएको पाइएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीका विपिन एग्रोभेन्टस सेन्टरले कृषि सामग्रीबाट किसानका लागि ल्याएको मल गौरादह नगरपालिकाको बैगुधुरा पुर्याएको खुलेको हो ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीसहितको टोलीले उक्त मल शिवसताक्षीमा नल्याई अन्यन्त्र लगेकोे थाहा पाएपछि विपिन एग्रोभेट्सको गोदाममा छापा मारेको थियो । गोदाममा मल फेला नपेरपछि मल कहाँ गयो भनेर खोजी सुरु भएको हो ।
विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराई ९० बोरा युरिया मल बैगुनधुरा पुर्याएका थिए । शिवसताक्षीको पाराबारीमा ल्याउनु पर्ने मल सिधै गौरादह नगरपालिकाको बैगुनधुरामा अनलोड गरेको कुरा बाहिर आएको छ ।
शिवसताक्षी नगरपालिकाले ६ महिनाअघि सरकारले अनुदान दिने मल किसानलाई वितरण गर्नका लागि विपिन एग्रो भेट्सलाई सिफारिस दिएको उपप्रमुख नरमाया कार्कीले बताइन् ।
कार्कीले भनिन्, ‘उक्त मल तुरुन्त शिवसताक्षी–३ को पाराबारीमा फिर्ता ल्याउन निर्देशन दिएकी छु । आज बेलुका सम्ममा केही मल फिर्ता आएको छ । भोलीसम्ममा सबै मल फिर्ता ल्याएर नगरपालिकालाई दाखिला गराउनु पर्ने छ ।
यता, विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराईले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनले आफूले नियत बस नभई, बैगुधुरामा पनि पसल रहेकाले त्यहाँ मल अनलोड गरेको बताए । उनले भोलि सम्ममा सबै मल ल्याएर नगरपालिकालाई दाखिला गराउने बताएका छन् ।
शिवसताक्षी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले वडाका लागि आएको मल अन्य पालिकामा जानु गलत भएको बताए । यहाँका किसान वर्षेनी मल नपाएर पीडित बन्ने गरेका छन् ।
वडा नं. ३ का लागि आएको मललाई महँगो मूल्यमा बिक्री गर्न बैगुन्धुरा लगिएको स्थानीयको आरोप छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कार्यक्रम अधिकृत प्रकाश चौधरी, कृषि शाखा प्रमुख रविन भट्टराईको टोलीले विपिन एग्रोभेट्स माथि निगरानी बढाएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



