
सयोगी सृजन शर्मा
२०८१ साल वैशाख १५ गते हुन लागि रहेको इलाम–२ को निर्वाचन रोचक हुने छ किन भने रबी लामीछानेले नेत्रित्व गरेको पार्टी चर्चित पत्रकार मिलन लिम्बु लाई अगाडि सार्दै मैदानमा उत्रिसकेको छ । बिशेष गरी नेकपा एमालेको तर्फबाट सुहाङ नेम्बाङ, पिता सुवाश नेम्बङको बिराशत लाई निरन्तर्ता दिन चुनावी मैदानमा छन । वहाँहरु दुवैको उमेद्वारीले युवा मतादाताहरु उत्साहित छन भने समग्र युवा अभियान्ताहरुको बुझाई राजनीतिक पार्टी हरुले युवालाई प्राथमिकतामा राखेर निर्वाचनमा पार्टीको तर्फबाट युवालाई उमेद्वार बनाउने घोषणा गर्नु राजनीतिमा पुश्तान्तरणको संकेत हो भन्ने छ ।
नेपाली राजनीतिमा युवाको प्रभावशाली उपस्थिती र राजनीतिमा पुस्तान्तरणको अभियानको सतप्रतिशत श्रेय राष्ट्रिय स्वतन्त्र पार्टी जान्छ भन्दा फरक पर्दैन । किन कि उक्त पार्टीका सबै साम्सद युवा अवस्थाका छन । नेपाली राजनीतिमा असफल नेत्रित्व, भ्रस्टाचार , नतावाद कृपावाद चाप्लुसीबादको बिकराल अवस्थाको अन्त्य गर्न रास्वपा स्थापना गरिएको पार्टीका सभापतिले भन्ने गरेका छन । पुराना राजनीतिक पार्टीका केही नेता कार्यकार्ता हरुले जनतामाझ भ्रम छर्न खोजे पनि रास्वपा प्रती जनताको जनताको विश्वाश दिन प्रतिदिन बडी रहेको छ । राजनीतिमा युवा लाई अघी सार्न पर्ने र युवा पुस्ताले देशको नेत्रित्व गर्नु पर्छ भन्ने मन्यता रास्वपाले स्थापित गरीसकेको छ । जस्को फलस्वरुप रास्वपाको एजेन्डा प्राइमेरी इेलेक्सन (पार्टी भित्र आन्तरिक चुनाव) नेपाली कांग्रेसले पनि अवलम्बन गर्नु पर्ने भनेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वाजनिक कार्यक्रममा भन्ने गरेका छन । २०७९ असारमा पार्टी स्थापना गरी ६ महिना भित्र २० जाना दिग्गज ब्यक्ती हरुलाई सम्सदमा प्रभावशाली उपस्थिती गराउन सक्नु आँफैमा राजनीतिक छलाङ हो ।

सयुक्त राज्य अमेरिकी नागरिकता पारीत्याग गरी पार्टी सभापति रवी लामीछाने आफ्नु पुरानै नागरिकता लाई निरन्तर्ता दिएको बिषयले तत्कालिन अवस्थामा उनले समहलेको गृह मन्त्रालय र साम्सदको जिम्मेवारी एकै पटक खोसिए पनि २०८० साल बैसाखमा भएको उपनिर्वाचनमा अत्याधिक बहुमतका साथ अघिल्लो चुनाव भन्दा थाप ५ हजार मत चितवन बासीले रबी लामीछानेको सत्कर्म लाई उपहार स्वरुप दिएका थिए भने सम्सदमा अर्का एक प्रभावसाली ब्यक्ती अर्थविद डा। स्वर्णिम वाग्लेलाई तनहुँ बाट अत्याधी बहुमतका साथ निर्वाचित भएर सम्सद बनेको स्वर्णिम ईतिहास रस्वपा सग छ भने बारा २ बाट भने पार्टीले पराजय भोग्नु परेको अनुभव पार्टी सग छ । त्यसकारण रास्वपाका निम्ती अब हुने प्रतेक निर्वाचन चुनौती र अवसर दुवै हुन ।
इलाम २ मा भने रास्वपा लाई चुनाव जित्न सहज छ किन भने ूसुवाश नेम्बाङ जिवित हुन्थे भने उन्का छोरा सुहाङ एती बेला पनि अष्ट्रेलियामै बसोबास गरिरहेका हुन्थेू यसरी हेर्दा सुहाङको नेपाली राजनीति सग गहिरो लगाव देखिदैन । उता पत्रकार तथा युवा अभियान्ता मिलन लिम्बु ईलामकै माटोमा केही गर्ने अठोटका साथ स्वतन्त्र उमेद्वारी घोषणा गर्ने साहास लाई सम्मान गर्दै रास्वपाले उन्लाई पार्टीको उमेद्वारको रुपमा अघी सारेको छ । रास्वपाको चुनावको पुर्वतयरी गर्ने क्रममा २०८० फाल्गुन १९ गते रास्वपाले ईलाम २ का ६ वटा भिन्न भिन्नै पालिकामा ६ सम्साद सहभागी भएर जनताको धारणा बुझी त्यस अनुरुप पार्टीको उमेद्वार तयारी गरेको बिषयलाई जनताले सम्मानका साथ स्वागत गरेका थिए ।
इलाम–२ मा ८० प्रतिशतको हाराहारीमा आदिबासी जनजाती समुदायको बसोबास रहेको र हाल नेकपा एमाले उक्त समुदायको पहिचान बिरोधीको रुपमा चित्रित भएका कारणले यस्पाली ईलाम २ मा एमालेले चुनाव जित्ने सम्भावना कम छ ।
प्रदेश एकको नामाकरण गर्ने क्रममा किरात प्रदेश नामाकरण गर्नु पर्ने आदिबासी जनजाती समुदायको माग लाई नेकपा एमाले, नेपाली कांग्रेसले बेवास्ता गरेको तितो यथार्थ सो समुदाय सँग छ त्यसकारण उनिहरु लाई चुनाव जित्न सहज छैन । तर त्यो भन्दा बेसी नेपाली कांग्रेस एमाले र अन्य पार्टी हरुको असफल राजनीति उनिहरुको हारको कारक बन्ने वाला छ ईलाम २ मा । नेपाली कांग्रेस र नेकपा माओवादीले हाल समन पनि पार्टीको उमेद्वारको नमावली सर्वाजनिक गरि न सकेको अवस्थाले सो पार्टीको राजनीतिक प्रभाव ईलाम २मा न्युन रहेको स्पस्ट छ ।
रास्वपाले चुनावी अभियानका दौरान रास्व्पाले सङ्घीयताता, पहिचानका बिषयमा भने पार्टीको धारणा स्पस्ट पार्नु पर्ने छ । पुरना राजनीतिक दल हरुले श्रीजना गर्ने भ्रम लाई चिर्नु पर्ने दाइत्व पनि रास्वपाको नेत्रित्वको रहेको छ भने उमेद्वर मिलन लिम्बुको नेत्रित्वको छ्यमता प्रदर्शन गर्ने बेला पनि एही चुनाव हो त्यस कारण असन्न संघइय चुनावलाई रास्वपाले चुनौती र अवसर दुवै अवस्था लाई पार्टी अनुकुल बनाउन लागि पार्नु पर्ने छ ।
(लेखक बिर्तामोड–२ झापा निवासी सामाजिक अभियान्ता हुन्)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
