झापा, २३ बैशाख । पानी नपरेपछि झापाको अर्जुनधारामा शनिबार भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि बर्षा नहुँदा खडेरीको सामना गर्नुपरेको भन्दै अर्जुनधारा वडा नम्बर –२ का स्थानीयले
भ्यागुताको बिहे गरिदिएका हुन् ।
पानी नपरेपछि भ्यागुताको विवाह विगतमा अग्रजहरुले भ्यागुताको बिहे गर्दा पानी पर्ने गरेको जनविश्वासका आधारमा विधिपूर्वक यो बर्ष पनि भगवान र प्रकृतिसँंग पानी माग गरेर भ्यागुताको बिहे गरिदिएको स्थानीयहरुले बताएका छन् । नवनिर्मित मदन भण्डारी लोकमार्ग अन्तर्गत बेल्टार – गाँजाबरी सडक खण्डमा पर्ने टाङ्टीङ खोलामा एक जोडी भ्यागुताको विवाह गरिएको हो ।
हिउँदको समयमा लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गरिदिने पुरानो प्रचलन रहेकाले यो बर्ष पनि भ्यागुताको बिहे गरिएको अर्जुनधारा–२ मिलनचौकका स्थानीय युवा शिव भट्टराईले जानकारी दिए । पानी नपर्नाले किसानको अन्नबाली सुकेर खेर जाने अवस्था सिर्जना भएको उनले बताए । सयौं स्थानीयको उपस्थितिमा भएको वैवाहिक कार्यक्रममा बेहुली लिन दौरा सुरुवालमा सजिएको भाले भ्यागुतोलाई मोटरको सवारी गराउँदै बेल्टारबाट टाङ्टिङ खोलासम्म पु¥याइएको थियो । आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।