
अर्जुनधारा, २५ बैशाख । झापाका अर्जुनधाराका कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । अर्जुनधारा–७ नं. वडा कार्यालयले सोमबार एक कार्यक्रमका बीच कृषि उत्पादन तथा प्रबद्र्धन कार्यक्रम अन्र्तगत यहाँका कृषक समूहलाई कृषि सामग्रीहरु वितरण गरेको हो ।
चालु आर्थिक वर्ष ०८०–०८१को स्वीकृत वडास्तरीय वार्षिक बजेट नीति तथा कार्यक्रममार्फत् वडा कार्यालय र कृषक समूहको ५० प्रतिशत साझेदारीमा उक्त कृषि सामग्रीहरु वितरण गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले जानकारी दिए । वितरण गरिएको कृषि सामग्रीहरुमा मकै छोडाउने मेसिन १० थान, मकै रोप्ने हाते औजार १५ थान र ड्याङ बनाउने तथा पूर्ने हाते औजार १५ थान रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



