
बिर्तामोड, १४ असार । नेकपा (माओवादी केन्द्र) मेचीनगरले किसानलाई फरुवा (कोदालो) बितरण गर्ने भएको छ । माओवादी मेचीनगरले असार १५ अर्था धान दिवसको अवसर पारेर भोली (शनिवार) किसानलाई फरुवा बितरण गर्न लागेको हो ।
मेचीनगरका १५ वटै वडामा फरुवा बितरण गर्न लागिएको माओवादी मेचीनरले जनाएको छ । मेचीनगरका प्रत्येक वडाका ५ जना वास्तबिक किसानलाई फरुवा बितरण गर्न लागिएको हो ।
मेचीनर वडा नम्बर ९, १०, ११, १२, १३ र १४ का किसानका लागि धाइजनमा, वडा नम्बर १, २, ३ र ४ को भृकुटीमा र वडा नम्बर ५, ६, ७, ८ र १५ को इटाभट्टास्थित पार्टी कार्यालयमा बितरण गरिने नगर अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।
सामाजिक ब्यक्तित्व तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका अध्यक्ष समेत रहेका राजन चिमरियाले सौजन्य गरेको ७५ वटा फरुवा वितरण गरिने छ । सामाजिक ब्यक्तित्व तथा रितिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले यसअघि पनि नगरभर आफ्नो जन्मदिन, बैवाहिक बर्षगाठको अवसर पारेर एक हजार ५०० फुल बितरण गरेका थिए । उनले बिभिन्न अवसरमा प्रत्येक बर्ष सामाजिक सेवा अन्तरगत दीनदुःखीलाई सहयोग गरेर मनाउँदै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



