
झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ ।
छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् ।
कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरे लगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । ब्रतालुहरुको संख्या थपिदै गएपछि केराको माग बढेको हो ।
Facebook Comments Box



