झापा, १५ माघ । ललितपुरको किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला परेका छन्।
महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र सोमबार एक जना मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ। मृतक सोही नगरपालिका–८, बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको प्रहरीले जनाएको छ।
साथीका बुवा बुरामी भएकाले भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
Facebook Comments Box


