
झापा, १९ माघ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ सालबासमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन्।
गएराति सरावल–१ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका– ३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।



