झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लण्डन । इंग्ल्याण्डमा सिफलिस र गोनोरियाको संक्रमण बढ्दै गएको तथ्याङले देखाएको छ । यौनजन्य रोग गोनोरिया र सिफलिसको संक्रमण गएको वर्षभन्दा अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो । नयाँ तथ्यांक अनुसार सन् २०१७ मा त्योभन्दा अघिल्लो वर्षको तुलनामा गोनोरियाको संक्रमण २२ तथा सिफलिसको संक्रमण २० प्रतिशतले बढेको छ । इंग्ल्याण्डमा यौनजन्य रोगको उपचार भने प्रभावकारी नै रहेको देखिएको छ । क्लामाइडियाको परीक्षण भने घटेको छ र यसप्रति स्वास्थ्य विज्ञले चिन्ता जनाएका छन् । पब्लिक हेल्थ इंग्ल्याण्डले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यौनजन्य रोगको संक्रमण हुनेमा बढी १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् । समलिङ्गी, बाइसेक्सुअल तथा अरु पुरुषहरु…

Read More

झापा, ९ साउन । शुक्रबार राति नेपाली आकाश खुला भए तपाईं एक दुर्लभ खगोलीय घटनाको साक्षी हुनु हुनेछ। शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्दैछ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ। चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। शुक्रबार राति (साउन १२ गते) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ। २ बजेर ६ मिनेटमा खग्रास अधिकतम विन्दूमा पुग्ने…

Read More

न्युयोर्कमा जन्मिएका अमेरिकी फिल्म निर्देशक तथा लेखक उडी एलनले भनेका छन्, ‘मलाई प्रश्न थाहा छैन तर सेक्स अनिवार्य उत्तर हो ।’ महान् व्यक्तिले सेक्सलाई सृजनात्मक व्याख्या गरेका छन् । सेक्सको सुन्दरता, आवश्यकता र कलालाई महत्वपूर्ण व्याख्या पनि गरेका छन् । तर नेपालमा सेक्समा ठगी र सेक्सलाई हवसको अंग बनाएर अपराधको बाटो समाउने गरिएको छ । हवसका शिकारीहरूले यौनलाई अति सामान्य ठान्ने गरेका छन् । समाजको कुरुप पात्र ठान्छन् । जहाँ पुग्छन्, मस्ती गर्छन् र निस्कँदा त्यहाँ पनि ‘भ्रष्टाचार’ गरेर निस्कन्छन् । यसको उदाहरण महानगरीय प्रहरी परिसरमा सेक्सवापतको रकममा भएको ठगीको उजुरी हो । एक यौनकर्मी महिलाले केही दिन अघि यौनसम्पर्क…

Read More

काठमाडौँ, ९ साउन । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ । क्यान्सर काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सूर्तीजन्य पदार्थको प्रयोग पाइएका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताउँदै जनचेतनाका कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सूर्तीजन्य पदार्थ त्यागेको जानकारी दिनुभयो । क्यान्सर काउन्सिलका अध्यक्ष…

Read More

काठमाडौँ, ९ साउन । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रामप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रेमराज जोशी, दीपक काफ्लेलाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ । यसअघि पौडेल गृह मन्त्रालय, आचार्य जिल्ला प्रशासन कार्यालय मोरङ, जोशी गृहमन्त्रालय र काफ्ले अध्यागमन विभागमा कार्यरत हुनुहुन्थ्यो । यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गृहमन्त्रालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ । यस्तै अध्यागमन कार्यालयका सहसचिव होमनाथ थपलियालाई प्रहरी…

Read More

भद्रपुर, ९ साउन । भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई आज साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ वर्षीय ओमप्रकाश सिंहले आज साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं। ३ का ताजपुरियालाई चक्कु देखाएर नियन्त्रणमा लिएका थिए । अभियुक्त सिंहले नेपाली बस्तीमा प्रवेश गरेर निज बालकलाई उनकै घरको कोठामा करीव एक घण्टा बन्धक बनाएको प्रहरीको भनाइ छ । बन्धक बनाएको खबर पाएर आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कोठाको ढोका फोडी बालकको उद्धार गरेको थियो । प्रहरीले उद्धारका लागि…

Read More

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकारले गरिएका ‘ग्राण्ड डिजाइन’ भएको बताउनुभएको छ । ‘सगरमाथा न्युजडटकम अनलाइन पोर्टल’को आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गर्दै उहाँले अहिले सरकारविरुद्ध भएको आन्दोलन राजनीतिक ‘ग्राण्ड डिजाइन’ भएको वताउनुभयो । उहाँले अहिलेको सरकार विल्कुल नयाँ अभ्यासको सरकार बनेको भन्दै विगतका बहुमत प्राप्त सरकारले गरेका कमीकमजोरीलाई सच्याएर सरकार अघि बढ्ने धारणा राख्नुभयो । नेता भट्टराईले डा गोविन्द केसीको मुद्दामा नभई आफ्नै नीति तथा विचारमा हिँड्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । उहाँले मेडिकल शिक्षा सरकारको दायित्वभित्र रहेको भन्दै १० वर्षभित्र सबै…

Read More

सुनसरी, ९ साउन । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउपालिका–६ र ७ घुस्कीका बासिन्दा र सशस्त्र प्रहरीबीच तनाव सिर्जना भएको छ । स्थानीय बासिन्दालाई धपाउनका लागि प्रहरीले गोली चलाउँदा दुई जनालाई गोली लागेको छ । सशस्त्र प्रहरीको गोली लागेर हरिनगर–६ घुस्कीका कैजुम मियाँ र महिजान खातुन घाइते भएका छन् । घाइते मियाँ र खातुनलाई उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले २० राउण्ड हवाइफायर गरेको स्थानीय बासिन्दाले जिकिर गरेका छन् । सशस्त्र प्रहरीले भने आत्मरक्षाका लागि सात राउण्ड हवाइफाइर र अश्रुग्यास प्रहार गरेको जनाएको छ । घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहितको नेतृत्वमा ९० प्रहरी परिचालन गरिएको छ…

Read More

झापा, ९ साउन । फुटबलको‌ सवोर्‌च्च निकाय (फिफा) ले‌ फिफा वर्ष खे‌लाडीका लागि १० जनाको‌ मनो‌नयन सार्वजनिक गर‌े‌को‌ छ । फिफाले‌ मंगलबार‌ र‌ाति सन् २०१७–१८ का लागि १० खे‌लाडीको‌ मनो‌नयन सार्वजनिक गर‌े‌को‌ हो‌ । फिफाले‌ सार्वजनिक गर‌े‌को‌ १० खे‌लाडीमा पार्चुगलका क्रिष्टियानो‌ र‌ो‌नाल्डो‌, अजेर्‌न्टिनाका लिओ‌नल मे‌सी, फ्रान्सका के‌लियन एमबाप्पे‌, एन्टो‌नी ग्रिजम्यान र‌ र‌ाफायल भार‌ाने‌ टपटे‌न सूचीमा पर‌े‌का छन् । त्यसै‌गर‌ी बे‌ल्जियमका इडे‌न हाजार्ड, के‌भिन डी बरुएन, इंग्ल्यान्डका ह्यार‌ी के‌न, क्रो‌एसियाका लुका मो‌ड्रिच र‌ इजिप्टका मो‌हमद सलाह सूचीमा पर‌े‌का छन् । १० जनामा संसार‌कै‌ महँगो‌ खे‌लाडी ब्राजिलका ने‌यमार‌ जुनियर‌ भने‌ पर्न सके‌का छै‌नन् । फिफाले‌ र‌ाष्ट्रिय टिमका कप्तान र‌ प्रशिक्षक तथा खे‌ल पत्रकार‌ र‌ फुटबल समर्थकको‌ मतको‌…

Read More

काठमाडौँ, ९ साउन । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गर्नुभयो । उहाँले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गर्नुभयो । अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र…

Read More