
झापा, ९ साउन । शुक्रबार राति नेपाली आकाश खुला भए तपाईं एक दुर्लभ खगोलीय घटनाको साक्षी हुनु हुनेछ।
शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्दैछ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ।
चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ।
शुक्रबार राति (साउन १२ गते) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ।
२ बजेर ६ मिनेटमा खग्रास अधिकतम विन्दूमा पुग्ने यो ग्रहण बिहान ४ बजेर ४ मिनेटमा सकिनेछ।
त्यो समयमा मंगलग्रह पनि चन्द्रमा नजिक हुने हुँदा ग्रहण लागेको समयमा यसलाई खुला आँखाले समेत देख्न सकिन्छ। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो। त्यतिबेला पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले लामो वा छोटो चन्द्रग्रहण भन्ने विषय पृथ्वीको सघन छाया ९अम्ब्रा०मा चन्द्रमा कुन दिशाबट प्रवेश गर्छ भन्ने विषयले निर्धारण गर्ने बताए। ुयसपटक चन्द्रमा पृथ्वीको सघन छायाबाट पार गर्दा मध्यभाग हुँदै जाने छ,ु भट्टराईले भने।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

