
न्युयोर्कमा जन्मिएका अमेरिकी फिल्म निर्देशक तथा लेखक उडी एलनले भनेका छन्, ‘मलाई प्रश्न थाहा छैन तर सेक्स अनिवार्य उत्तर हो ।’
महान् व्यक्तिले सेक्सलाई सृजनात्मक व्याख्या गरेका छन् । सेक्सको सुन्दरता, आवश्यकता र कलालाई महत्वपूर्ण व्याख्या पनि गरेका छन् । तर नेपालमा सेक्समा ठगी र सेक्सलाई हवसको अंग बनाएर अपराधको बाटो समाउने गरिएको छ ।
हवसका शिकारीहरूले यौनलाई अति सामान्य ठान्ने गरेका छन् । समाजको कुरुप पात्र ठान्छन् । जहाँ पुग्छन्, मस्ती गर्छन् र निस्कँदा त्यहाँ पनि ‘भ्रष्टाचार’ गरेर निस्कन्छन् । यसको उदाहरण महानगरीय प्रहरी परिसरमा सेक्सवापतको रकममा भएको ठगीको उजुरी हो । एक यौनकर्मी महिलाले केही दिन अघि यौनसम्पर्क राखी तिर्नुपर्ने रकमका लागि बाउन्स चेक पाएको उजुरी प्रहरीलाई दिएकी छन् । जसमा प्रहरीले बैंकिङ कसुरको मुद्दा चलाउने कारणको उत्तर नै– यौन सम्पर्कको दररेटमा ठगी भन्ने पायो ।

ग्राहकले दिएको ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी मोहन थापाले पीडित युवतीले ल्याएको जाहेरी लिए । चेक दिने युवालाई बोलाएर छलफल गरे । चेक युवाले यौन सम्बन्धपछि युवतीलाई उनको पारिश्रमिक बापत दिएका थिए ।
वेश्याको उपमा दिएर ठगी गर्न खोज्दा युवा फँसेका छन् । चाहे शरिर बेच्नुहोस् चाहे दिमाग । ति दुवै कामलाई ‘वेश्या’को संज्ञा दिनुपर्छ । किनभने तपाईले आफुसँग भएको सम्पत्ति र शक्ति बेचेरै तपाईका सुख खरिद गर्नुहुन्छ । सेक्सको खरिदकै मामलालाई हेर्ने हो भने अमेरिकी अभिनेता स्टिभ मार्टिनको भनाई चर्चित छ ।
‘सेक्स भनेको पैसाले किन्न पाउने सुन्दर, प्राकृतिक चिज हो ।’ तर नेपालमा सहमतिमा भएको सम्बन्धमा ठगीमात्र होइन, सेक्सको कुुरुप चित्र पनि ठूलो छ । बलात्कारका नाममा यस्तो कुरुपता फैलिएको छ । केही दिनअघि सिरहामा एक युवतीलाई चार जना युवाले गाडीमा बलात्कार गरेको भिडियो नै बाहिरियो । ‘यस्ता अपराध कम छैनन् । प्रहरीमा बलात्कारको उजुरीको चाङ हेर्ने हो भने त्यो हवसका शिकारीहरूको अपराधले भरिएको छ’, एक विश्लेषक भन्छन्,‘सृजनात्मक भन्ने र त्यसप्रतिको धारणा साहित्यमा जस्तो अहिलेको समाजमा पाउन छाडेको छ । यो अपराधको कारण मात्र बनिदिएको छ ।’
१९ औं शताव्दिदेखि नै लेखक साहित्यकारले सेक्सको सृजनात्मक व्याख्या नगरेका होइनन् । मानव जीवन र सभ्यताका लागि सेक्स अनिवार्य सृजनात्मक अभ्यास रहेको स्वीकार विश्वसमाजले गरेकै छ । यसलाई व्यापारका रूपमा पनि व्याख्या गरियो । मनोरञ्जनका लागि फिल्मका रूपमा पनि वैधानिक उद्योगहरू स्थापना भए । तर, पूर्वीय समाजमा भने यसको अपराधीकरणमा उच्च बृद्धि भयो । जबरजस्ती करणीले सेक्सको सुन्दरतामाथि प्रहार गरेको ठान्छन् कतिपय साहित्यकार ।
१९ औं शताव्दिका आयरल्यान्डका कवि ओस्कार विल्डले भनेका छन्,‘संसारका सबै कुरा सेक्सका कारण नै भएको हो, सेक्सलाई स्वीकार गर । सेक्स शक्ति पनि हो ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

