
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च…
भद्रपुर, ५ माघ । झापाको भद्रपुर नगरपालिका–१० सुकुम्वासी बस्ती स्थित देउनिया खोलामा एक जना पुरुष मृत फेला परेका छन् । आज बिहान भद्रपुर–७ का वर्ष ३६ को ताला मर्डी मृत फेला परेका हुन् । थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गइ शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोष्टमार्टमपछि शव दिउँसो मृतकका श्रीमती उर्मिला टुडुले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ५ माघ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन् । मेडिकल व्यवसायी प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन् । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । राजावादी अभियन्ता प्रसाईंले केही समयअघि विभिन्न माग राखी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका थिए । तर, माघ २ गते ९बिहीबार० उनको समूह र सरकारबीच सहमति भएको थियो । सिंहदरबारमा…
बिर्तामोड, ५ माघ । नेपाली कम्युनिष्ट पार्टीले झापा क्षेत्र नम्बर ४ मा युवा नेता पुरुषोत्तम चुडाल (राजु) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तीन दशकदेखि राजनीतिमा सक्रिय चुडाललाई पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको हो । को हुन् उनी ?ताप्लेजुङको साविक फूलबारी गाविस वडा नम्बर ५ मा ४३ वर्ष अघि जन्मिएका चुडाल २०५८ सालदेखि झापाको कनकाईमा बसोबास गर्दै आएका छन् । २०५० सालदेखि विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०५४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै अखिल क्रान्तिकारीमा आवद्ध भएका थिए । चुडाल २०५५ साल फागुन २९ गते माओवादीको एरिया सदस्य भएसगै पार्टीको पूर्णकालीन कार्यकर्ता भएका थिए। २०६० सालमा तत्कालीन…
झापा, ५ माघ । झापामा पछिल्लो ६ महिनामा २९ जनाको मृत्यु भएका छ । चालू आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि पुस मसान्तसम्ममा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । सो अवधिमा जिल्लामा छ सय पाँच वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५५ जना गम्भीर घाइते भएका छन् भने एक हजार ४२ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न कूल ८७४ वटा सवारी साधानमध्ये अधिकांश दुईपांग्रे अर्थात् ५९६ वटा दुईपांग्रे रहेका छन् । त्यस्तै, चारपांग्रे साना १३५ वटा, मझौला ७३ वटा, ठूला ५१ र नखुलेका १९ वटा रहेको…
झापा, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट झापा क्षेत्र नं. ३ मा डिल्लीराम घिमिरे (हिक्मत) उम्मेदवार बन्नु भएको छ । पार्टीले आज घिमिरेलाई टिकट दिएसँगै उहाँ आगामी निर्वाचनका लागि उम्मेदवार बन्नु भएको हो । जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै युवा प्रतिनिधिहरुको मागलाई पूरा गर्न आफू उम्मेदवार भएको उहाँको भनाइ छ । “युवाहरुको प्रतिनिधित्व गर्दै उनीहरुको माग पूरा गर्न चुनावी मैदानमा उत्रिएको हुँ”, उहाँले भन्नुभयो, “झापा ३ को राजनीतिक विरासतको परम्परालाई तोड्न युवा उम्मेदवारका रुपमा आएको हुँ ।” आदिवासी–जनजातिको बहुल यस क्षेत्रमा उनीहरुको माग र आवश्यकतालाई आफूले नजिकबाट बुझेकाले उनीहरुको…
बिर्तामोड, ५ माघ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीमा जीर्ण भवनमा पठनपाठन भइरहेको खुलेको छ । विद्यालयकै सञ्चालक रवि पोद्दारले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जीर्ण भवनमा पठनपाठन हुँदा विद्यार्थी असुरक्षित रहेको बताउनुभयो । आफूले पटक–पटकले विद्यालयको भौतिक, प्रशासनिक र शैक्षिक विषयमा अर्का सञ्चालक विनोद पोखरेलले नजर अन्दाज गरेको बताउनुभयो । २०६४ सालमा स्थापना भएको पाथीभरा एकेडेमीलाई नयाँ व्यवस्थापनका साथ आफूहरुले २०७५ सालमा खरीद गरी सञ्चालन ल्याएको उहाँले बताउनुभयो । “शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान दिने उद्देश्यले हामीले विद्यालय सञ्चालनमा ल्याएका थियौं”, उहाँले भन्नुभयो, “पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गर्नुपर्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको थिएँ ।”…
झापा, ५ माघ । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–८ का महमद सहवाज र अर्जुनधारा–७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा–९ बाट सुन्दरहरैचा–१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, सुनसरीको प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नर्सिङ–८ स्थितबाट भारतीय नम्बरको मोटरसाइलकलाई शंका लागी चेकजाँच गर्दा भोक्राहा…
बिर्तामोड, ५ माघ । गत माघ ३ गते भएको दुर्घटनामा घाइते भएकी एक युवतीको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । माघ ३ गते शनिबार राति १०ः५० बजे बिर्तामोड नगरपालिका–५ अदुवाखोला पुल छेउस्थित पुर्व–पश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौक तर्फ आउँदै गरेको प्र. १–०२–०४२ प. १९०४ न. को मोटरसाइकलले वनस्टपमलदेखि अदुवाखोलातर्फ जाँदै गरेको मे. १ ह. ३७२१ नं. को अटोलाई ठक्कर दिदा मोटरसाइकल चालक गौरादह–३ का २४ वर्षीय निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमककी २२ वर्षीया सुजाता बुढाथोकी घाइते भएका थिए । सुजाताको टाउकोमा चोटलागी गम्भीर घाइते भइ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेकोमा आज बिहान ४ बजे मृत्यु भएको हो…
झापा, ५ माघ । आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी आज बिहान १०ः२५ को हवाइ जहाजबाट भद्रपुर आउने भएका हुन् । यसपटकको निर्वाचनमा झापा–५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ, जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम छ । उनले भद्रपुरमै क्षेत्र नम्बर १ र…