
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
जोहान्सबर्ग, ६ पुस । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हतियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो महिनाभरि देशमा भएको दोस्रो ठूलो गोलीकाण्ड हो । पुलिसका अनुसार आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेका थिए र ग्राहकमाथि गोली चलाए । भाग्दा पनि उनीहरूले अनियन्त्रित रूपमा गोली चलाइरहेका थिए । मृतकमध्ये एक अनलाइन कार सेवा चालक पनि छन् । आक्रमणकारीहरूको खोजी अभियान जारी छ । दक्षिण अफ्रिका लामो समयदेखि अपराध र भ्रष्टाचारको सामना गर्दै आएको छ । देशमा गोलीकाण्ड सामान्य घटना हुन् र प्रायः हिंसा अवैध व्यवसाय प्रतिस्पर्धाका कारण हुने…
विराटनगर, ६ पुस । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ५ गते लागु औषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १.०२.०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका–८ का २० बर्षीय मो।जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर.–५ बाट इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित र…
झापा, ५ पुस । झापाको कनकाई नगरपालिका-३ स्थित भीमसेन बचत तथा ऋण सहकारी संस्थाले पत्रकार चुडामणि तिम्सिना (सीएम शर्मा) लाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाले आज पत्रकार शर्मालाई सम्मान गरेको हो । विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट समाजलाई सुसुचित गर्दै आउनुभएका शर्मा ठोस खबरका सम्पादक हुनुहुन्छ । कार्यक्रमका अध्यक्ष तेजबहादुर प्रधान, प्रमुख व्यक्तित्व संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, संस्थाका सल्लाहकार संयोजक नरेन्द्रकुमार श्रेष्ठ, सल्लाहकार रामबाबु महर्जन लगायतले शर्मालाई सम्मान गर्नुभएको थियो । गत आव २०८१/०८२ मा नियमित बचत कारोबारतर्फ जिल्लामै उत्कृष्ट कारोबार गरेको भीमसेनले २०८१/०८२ मा १८ लाख ९७ हजार २६६ रुपैयाँ मुनाफा गरेको छ…
निशान निराैला झापा, ५ पुस । नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय अभिनेता ईलामका मुकेश गुरुङको अभिनयमा नयाँ म्युजिक भिडियो “हिजो तिम्रो आज तिम्रो” सार्वजनिक भएको छ। लगातार (ब्याक टु ब्याक) रूपमा सार्वजनिक भइरहेका उनका म्युजिक भिडियोहरूले दर्शक–श्रोताको ध्यान तानेका छन्। प्रेम, समर्पण र समयसँगै बदलिँदो सम्बन्धको भावनालाई गीतले कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा कमल घले र जुनु प्रसाईंको सुमधुर स्वर रहेको छ भने शब्द रचना दिनेश सुवेदीले गरेका छन्। संगीत सन्तोष प्रगाढ राईको रहेको छ भने एरेन्ज पुष्कल खत्रीले गरेका छन्। म्युजिक भिडियोमा अस्मि थापा र मुकेश गुरुङको सशक्त अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन बबिता श्रेष्ठ मालेकुले गरेकी हुन् भने…
काठमाण्डौ, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गर्नुभएको छ । भरतपुरको चौबीसकोठीमा उहाँले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । हिजो मात्रै थुनामुक्त भएका लामिछानेले चौबीसकोठीमा पहिलो सभालाई सम्बोधन गर्ने क्रममा आफूमाथि अन्याय भएको दोहोर्याउनुभयो । नवयुवाको भावनालाई समेट्न आफूले सक्दो प्रयास गर्ने उहाँको भनाइ छ । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने हिजो मात्रै जिल्ला अदालतमा उपस्थित भएर रिहा हुनुभएको हो ।
अहिले पनि कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । कतिपयले यो तौल घटाउने माध्यमको रुपमा लिने गर्दछन् । तर कालो चिया न दोस्रो दर्जाको चिया हो न त तौल घटाउने माध्यम मात्रै हो यो त मुटुलाई स्वास्थ्य राख्ने एक दमै लाभदायी औषधि समेत हो । यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनमा कालोचियामा पाइने एक विशेष तत्वको उपयोगिताको बारेमा बयान गरिएको छ । कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ । कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा…
लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको नयाँ गीत ‘फूलले बिझाको देखेको छौ र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतमा टिकटकर र रियल जोडीका रूपमा चर्चामा आएका विक्रम घिमिरे र सुरक्षा इटानी प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन्। गीतमा शब्द–संगीत स्वयं अर्जुन पोखरेलकै रहेको छ भने स्वरमा उनलाई चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। गीतको शब्द संयोजन निकै मन छुने खालको रहेको छ, जसले प्रेम, अनुभूति र भावनालाई सशक्त रूपमा व्यक्त गर्छ। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् भने छायाङ्कन भूपेन्द्र थापा मगरले गरेका छन्। भिडियोमा पनौती आसपासका रमणीय दृश्यहरू समेटिएको छ, जसले गीतको रोमान्टिक र भावनात्मक…
भद्रपुर, ५ पुस । भद्रपुर नगरपालिकाले पुस ७ गते सोमबार स्थानीय बिदा दिएको छ। भद्रपुर नगरपालिकाको सातौँ नगर सभाबाट प्रत्येक वर्ष पुस ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउने र उक्त दिन स्थानीय बिदा समेत दिने निर्णय बमोजिम सोमबारका दिन पाँचौँ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा भद्रपुर नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । उक्त दिन अत्यावश्यक सेवा बाहेक भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा यस नगरपालिका अन्तर्गतका निकायहरूमा बन्द रहने छ । साथै दिवसको अवसरमा भद्रपुर नगरपालिका अन्तर्गतका विद्यालयहरूले सञ्चालन गर्ने गरी तय गरिएका…
चन्द्र पन्दाकताप्लेजुङ, ४ पुस । ताप्लेजुङको हिमाली बस्ती पापुङको तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न थालेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न अर्थात चिसोबाट जोगिनलाई गाउँ छाड्न सुरु गरेका हुन् । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला चार हजार १०० उचाइमा रहेको छ भने फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, घुन्साको उचाइ तीन हजार ४७५ मिटर रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा ९चार हजार २०० मिटर० पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती तोक्पेगोला हो । मङ्सिर दोस्रो सातापछि तोक्पेगोला र घुन्साका स्थानीयले चिसो छल्न गाउँ छाड्न थालेका बताइएको छ । तोक्पेगोलामा…
विराटनगर, ५ पुस । सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ४ गते सुनसरीको धरान–१६ स्थितमा लागू औषध बिक्रिबितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधी ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पास्पेन ३ हजार ५१८ क्यासुल सहित बेचबिखानमा संलग्न सोहि स्थानका सबिन राई, सौरव राई, सुजन राई, धरान–११ का अस्बिन लिम्बु र धरान– १७ का संजय खड्कालाई नियन्त्रणमा लिएको हो । त्यस्तै इटहरी–५ बाट अस्थायी प्रहरी चौकी जनताबस्तीले इटहरी–१६ का धिरेन्द्र कुमार चौधरीलाई ५४०…