
लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको नयाँ गीत ‘फूलले बिझाको देखेको छौ र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतमा टिकटकर र रियल जोडीका रूपमा चर्चामा आएका विक्रम घिमिरे र सुरक्षा इटानी प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन्।
गीतमा शब्द–संगीत स्वयं अर्जुन पोखरेलकै रहेको छ भने स्वरमा उनलाई चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। गीतको शब्द संयोजन निकै मन छुने खालको रहेको छ, जसले प्रेम, अनुभूति र भावनालाई सशक्त रूपमा व्यक्त गर्छ। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् भने छायाङ्कन भूपेन्द्र थापा मगरले गरेका छन्।
भिडियोमा पनौती आसपासका रमणीय दृश्यहरू समेटिएको छ, जसले गीतको रोमान्टिक र भावनात्मक माहोललाई अझ प्रभावकारी बनाएको देखिन्छ। समसामयिक नेपाली संगीतप्रेमीहरूको रुचिलाई ध्यानमा राखेर तयार गरिएको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

