
निशान निराैला
झापा, ५ पुस । नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय अभिनेता ईलामका मुकेश गुरुङको अभिनयमा नयाँ म्युजिक भिडियो “हिजो तिम्रो आज तिम्रो” सार्वजनिक भएको छ।
लगातार (ब्याक टु ब्याक) रूपमा सार्वजनिक भइरहेका उनका म्युजिक भिडियोहरूले दर्शक–श्रोताको ध्यान तानेका छन्।
प्रेम, समर्पण र समयसँगै बदलिँदो सम्बन्धको भावनालाई गीतले कलात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतमा कमल घले र जुनु प्रसाईंको सुमधुर स्वर रहेको छ भने शब्द रचना दिनेश सुवेदीले गरेका छन्। संगीत सन्तोष प्रगाढ राईको रहेको छ भने एरेन्ज पुष्कल खत्रीले गरेका छन्।
म्युजिक भिडियोमा अस्मि थापा र मुकेश गुरुङको सशक्त अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन बबिता श्रेष्ठ मालेकुले गरेकी हुन् भने सह–निर्देशन सुजल श्रेष्ठले गरेका छन्। छायांकन मुकेश हुमागाईंले गरेका हुन्।
भिडियो सम्पादन राजेन्द्र पुरीले गरेका छन् भने मेकअप रुपा मानन्धरले सम्हालेकी छन्।
उत्कृष्ट टिमवर्क, भावनात्मक कथा र प्रभावशाली अभिनयका कारण “हिजो तिम्रो आज तिम्रो” गीत तथा म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूका लागि स्मरणीय बन्ने अपेक्षा गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

