झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २४ कात्तिक । झापा क्षेत्र नं. २ का उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सोही क्रममा झापा क्षेत्र नं–२ अन्तरगत झापाको बुद्धशान्ति ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं–२ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना र क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनाली, समानुपातिक उम्मेद्वार पम्फा विक तथा गठबन्धनका कार्यकर्ताहरुले वडा नं–३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । यसैगरी, क्षेत्र नं–२, प्रदेशसभा–१ का उम्मेद्वार पुष्पराज पोखरेलसहित गठबन्धनका कार्यकर्ताहरुले बिर्तामोड–७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उनीहरुले घरदैलोका क्रममा मतदाताको साथ र समर्थन समेत पाइरहेका छन् । परिवर्तनका सम्वाहक रुपमा रहेका रानाप्रति जनताको अघात…

Read More

भद्रपुर, २४ कात्तिक । नेपाली कांग्रेस नेता एवम् झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३–७३ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक भएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा भद्रपुरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता सिटौलाले ३–७३ अर्थात ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क उपचार एवम् युवाहरुलाई रोजगारीको अवसर सिर्जना लगायतका कार्यक्रम घोषणा–पत्रमा उल्लेख गरेकाले त्यसको कार्यान्वयन गर्न गठबन्धनको जीत आवश्यक रहेको बताउनुभयो । युवा शक्तिले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेता सिटौलाले मुलुकको विकास र समृद्धिको मार्ग प्रस्तत युवाहरुले गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेता सिटौलाले चितामा पुगिसकेको…

Read More

मेचीनगर, २४ कात्तिक । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो । काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको छ । काँकरभिट्टा, इटाभट्टा बाहुनडाँगी, ज्यामिरगढी लगायत मेचीनगरको करिब एक तिहाई भूगोलमा काँकरभिट्टा खानेपानी विस्तार भएको छ । यसको श्रेय विशेष विगतको कार्यसमितिलाई नै जान्छ । विगतका समितिले बनाएका गुरुयोजना कार्यान्वयन भएपछि काँकरभिट्टा खानेपानी एउटा दर्बिलो संस्था बनेको हो । त्यसमा पनि गोपाल…

Read More

शिवसताक्षी, २५ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् । झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए । एमालेले आफ्नो घोषणापत्रमा २० ओटा काम ग्यारेन्टीका साथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अन्य ८२ बुँदामा एमालेले घोषणा पत्र तयार गरेको उनको भनाई छ । आम मतदाताहरुलाई घोषणा पत्र एक चोटी अध्ययन गरिदिन उनले आग्रह समेत गरेका छन् । ग्यारन्टी भित्र बच्चा बच्चीको बढाई, रोजगारी, किसानका समस्याहरुलाई सम्बोधन, किसानको…

Read More

भद्रपुर, २४ कात्तिक । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले देशको प्रमुख शक्ति भनेकै युवा र विद्यार्थी भएको बताएका छन् । भद्रपुरमा युवा भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले बहसलवादमा आधारित संघीय गणतन्त्रात्मक नेपाललाई चलायमान बनाउन युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताएका हुन् । उनले वर्तमान संविधानको मूल एजेन्डाविपरीत व्यवस्थामाथि धावा बोल्नेलाई युवा तथा विद्यार्थीले मत दिनु हँदैन भन्दै ‘जनताको मतले जितेर संसदमा पुग्ने र त्यही संसद्लाई भत्काउन खोज्नेलाई यस पटक भोट नदिने वातावरण निर्माण गर्न पनि युवा र विद्यार्थीको अपरिहार्य भूमिका हुने प्रष्ट पारेका छन् । नेता सिटौलाले पूर्ण रूपमा…

Read More

भोजपुर, २४ कात्तिक । भोजपुरको हतुवागढी गाउँपालिका(५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी–५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादै गर्दा आयुष राईको बाटोमा नै मृत्यु भएको हो । उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको…

Read More

भद्रपुर, २४ कात्तिक । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका(१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २४ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिकामा आज बिहान सामान्य घरायसी विवादका क्रममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । बुद्धशान्ति–१ बुधबारे बजारमा डेरा गरी बस्दै आएका भारत महाराष्ट्र गुरेलीका ३६ वर्षीय रघुनाथ गोरडले पानी खाने करुवा प्रहार गरी २६ वर्षीय श्रीमती सपना गोरडको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबारे बजार सुन पसल सञ्चालन गर्दै आएका रघुनाथले सामान्य घरायसी विवादका क्रममा सपनालाई टाउकोमा आज बिहान ३ः०० बजे पानी खाने करुवा प्रहार गरेका थिए । सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । करुवा प्रहार गरी हत्या गर्ने रघुनाथलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

झापा, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन्। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको हो। डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गरिन्। राष्ट्रपति भण्डारी महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्। भण्डारीले त्यहाँ प्रमुख वक्ताका रूपमा सम्बोधन पनि गरिन्। सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

Read More

झापा, २५ कात्तिक । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । देश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

Read More