
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उदयपुर, ९ कात्तिक । उदयपुरको दुई स्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जना मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका–१ स्थितमा प्रदेश १–०२–०४६ प ४५३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रिय भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ३५ वर्षीय धनबहादुर तामाङ घाइते भई उपचारको लागि स्थानीय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । त्यसैगरी साँझ साढे ७ बजे कटारी नगरपालिका–११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कटारी–११ का २४ वर्षीय यम्बरबहादुर श्रेष्टको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जिल्ला…
बिर्तामोड, ९ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट मंगलबार राति प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा–११ स्थित चिया बगान छेउबाट मंगलबार राति ८ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्कीलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । शंकास्पद अवस्थामा देखिएका उनीहरुलाई चेकजाँच गर्दा २१ ग्राम फेला परेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ । यता, सोमबार राति प्रहरीले झापा कमल गाउँपालिका–३ स्थित केर्खाबाट १० ग्राम ब्राउनसुगरसहित…
विराटनगर, ९ कात्तिक । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले विराटनगरस्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराएकोछ । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार प्रदेश प्रहरी श्रीमती संघकी कल्पना गिरी तथा संघका पदाधिकारीहरुले उनीहरुलाई बिहानको भोजन गराएको हो ।
झापा, ९ कात्तिक । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुर महानगरपालिका–१८ भैंसेपाटी महतो मार्गस्थित नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका गहनासमेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो। तिहारको रमाइलोमा व्यस्त भएका बेला कोठामा कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले अन्यत्र पनि चोरीका घटना भएकाले अनुसन्धान भइरहेको जनाएको छ ।
झापा, ९ कात्तिक । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउनुभएको हो । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ। शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ। सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका…
१९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । थाइल्याण्डका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए । त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आएकी थिइन् । उनीहरुबीच पहिलो वास्तविक संवाद त्यतिबेला भयो जब जान्लाले १० वर्षका केटालाई माटाका भाँडोमा भएका केही बिरुवाहरु सार्न मद्दत गर्न आग्रह गरिन् । त्यो दिनदेखि वितिचाई सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा खेल्न जान्थे र उनलाई घरको काममा सहयोग गर्थे । यी दुईले आफ्नो सुरुवाती सम्बन्धलाई मित्रताको रुपमा वर्णन गर्छन् । तर जब…
झापा, ९ कात्तिक । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने । गरिब जनताको…
झापा, ९ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु…
विर्तामोड , ०७ कात्तिक । अनारमनी सामाजिक युवा क्लबको आयोजनामा महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ । सोमबार विर्तामोडमा सम्पन्न खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ मेघराज राई प्रथम, ओसान राई दोस्रो र याङ देव राई तेस्रो भएका छन् । त्यस्तै महिला तर्फ प्रथम रेखा लिम्बू, दोस्रो विष्णु चापागाई र तेस्रो रूपा राई भएकी छन् । दौड गरामनीको धौला पुल देखि मुक्ति चोक हुँदै विर्ताबजार , विर्तामोड नगरपालिकाको कार्यालय प्राङगणमा आएर करिब ५ किलो मिटर दुरी सम्पन्न गरेको थियो । कार्यकममा विर्तामोड नपा वडा न. ३ का वडाअध्यक्ष मनोज बुढाथोकी ,रोड ट्रयाक अफ विर्तामोडका अध्यक्ष बसन्त ढकाल, युवा…
झापा, ८ कात्तिक । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।…