झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाँचगाछी, १ कात्तिक । गठबन्धन दलका तर्फबाट क्षेत्र नं. ४ का प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबे र प्रदेससभा क–का प्रत्यासी उम्मेद्वार झलकसिंह दर्लामीले शिवसतासी नगर्पालिका वडा नं– ४ र ५ मा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो तथा कोणसभा कार्यक्रम जनता बजार, स्याल्मारा, पाँचगाची, रङ्गेथान, बिश्वडुब्बा, भेलामुनी, बुलुचोक लगायत क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा समानुपातिकतर्फ प्रदेससभा सदस्यका प्रत्यासी उम्मेद्वार लख्खीदेवी गणेसको पनि उपस्थिति रहेको थियो । सो क्रममा गरिएको कोणसभामा नेपाली कांग्रेस झापाका पूर्व सचिव भक्ति सिटौला , पर्शुराम ढुंगाना , जयनारायण साह , रोहित साह , बिनोद ढकाल , असोक बस्नेत , पदम…

Read More

बिर्तामोड, १ कात्तिक । झापाको बिर्तामोड नगर प्रहरीले जथाभावी रुपमा फोहोर फाल्दै गरेको अवस्थामा सवारी साधन नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गको बिर्तामोड–बुट्टाबारी सडक अन्तरगत चिया बगान क्षेत्रमा सोमबार राति फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको नगर प्रहरीले मोटरसाइकल, स्कुटर र साइकल नियन्त्रणमा लिएको हो । सोमबार बिहान मात्रै यस क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा सरसफाई गरिएको थियो । प्रहरीले प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाइकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साइकल नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिनुभयो । यस क्षेत्रमा जथाभावी रुपमा फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगर प्रहरीले…

Read More

झापा, १ कात्तिक । आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन् । राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय कार्यान्वयनमा कमजोर बनेका हुन्। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलहरूले टिकट वितरणमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन्। अघिल्लोपटक समानुपातिकमा सिफारिस भएका नेताहरूलाई यसपटक समानुपातिकमा नराख्ने नीति लिएका यी दलले उनीहरूलाई प्रत्यक्षमा समेत टिकट दिएनन्। दलहरूले टिकट वितरणमा समावेशीताको मुद्दालाई स्थापित गर्दै महिला, दलित र युवा पुस्तालाई नेतृत्वमा ल्याउने कुरालाई अझै स्वीकार…

Read More

बनियानी, १ कात्तिक । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगी स्थित दक्षिण बाटउत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल…

Read More

झापा, १ असोज । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

Read More

झापा, १ कात्तिक । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा ९भिसा० उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट) ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन । कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्रराष्ट्र मुलुकको सहजताका लागि पनि काम गर्नुपर्ने हुन्छ तर असहजता आउने गरी धेरै मुलुकले भारतको दिल्लीस्थित दूतावासबाट नेपालको भिसा जारी गर्ने…

Read More

बिर्तामोड, १ कात्तिक । बिर्तामोड नगरपालिकाको कार्यालयले आर्थिक बर्ष २०७९/८० का लागि बनाइएको नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने, १० वटै वडाका जनप्रतिनिधिहरूले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले ठूला कार्यक्रम गर्न बन्चित गराएकाले पत्रकार सम्मेलनमार्फत पुस्तक सार्वजनिक गरिएको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बताइन् । यस आर्थिक वर्षमा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ नीति तथा कार्यक्रम ल्याएको बिर्तामोड नगरपालिकाले जनाएको छ । वन वातावरण तथा विपद व्यवस्थापन अन्तरगत फोहोरमैलाको दिगो…

Read More

झापा, १ कात्तिक । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ। ुगृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ,ु प्रवक्ता पोखरेलले भने, ुयोजनाअनुसार एक महिनाअगावै सुरक्षाकर्मी परिचालन भइसक्छन् ।ु यहीअनुसार आफूमातहत सुरक्षाकर्मी आवश्यकताअनुसार परिचालन गर्ने काम सुरु भइसकेको सुरक्षा निकायहरूले जनाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय…

Read More

झापा, ३१ असोज । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो ।

Read More

बिर्तामोड, ३१ असोज । लोकतान्त्रिक–बाम गठबन्धन दलको संयुक्त संयन्त्र झापाको बैठकले प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ । संयन्त्रका अध्यक्ष एवं कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न संयन्त्रको बैठकले गठबन्धनमा आबद्ध दलहरुका तरुण, युवा, विद्यार्थी, मजदुर, किसान, महिला, भातृ तथा जनवर्गीय संगठनको प्रतिनिधिसभा, क्षेत्र, प्रदेशसभा क्षेत्र र वडा तहसम्म संयुक्त समिति गठन गरी गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको हो । यसैगरी बैठकले गठबन्धन दलका भातृ तथा जनवर्गीय संगठनका जिल्ला, क्षेत्र, प्रदेशक्षेत्र र गाउँ÷नगरस्तरका पदाधिकारीहरुको संयुक्त भेला आगामी कात्तिक ४ गते गर्ने निर्णय गरेको संयन्त्रका सदस्य कृष्ण हुमागाईले जानकारी दिनुभयो । बैठकमा नेकपा…

Read More