
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माझापा, २८ असोज । झापामा अविरल वर्षापछिको बाढीका कारण कृषि क्षेत्रमा साढे सात करोडभन्दा बढीको क्षति भएको छ । गत असोज १८ गतेदेखि २० गतेसम्म आएको अविरल वर्षापछिको बाढीले डुबान, कटान लगायतले कृषिबाली क्षति पु¥याउँदा रू सात करोड ६० लाख २८ हजार दुई सय २० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो । झापाको छ वटा पालिकाको पाँच सय १२ दशमलव ६३ हेक्टरमा लगाइएको धान, केरा, आलु र तरकारी बालीमा क्षति हुँदा सात सय ४९ कृषक प्रभावित भएको उहाँले बताउनुभयो । झापा गाउँपालिकामा सबैभन्दा धेरै तीन सय ६५ दशमलव २७ हेक्टरमा लगाइएको कृषिबालीमा क्षति…
झापा, २८ असोज । बिराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा जारी ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन सुनसरी र झापाले आ-आफ्ना खेलमा प्रभावशाली जीत हासिल गरेका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न दुई खेलहरूमा युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। सुनसरीको दबदबा प्रदर्शनपहिलो खेलमा सुनसरीले उदयपुरलाई १४१ रनको विशाल अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले ४ विकेटको क्षतिमा १७४ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो। जवाफमा उदयपुरको टोली ३३ रनमै समेटियो। सुनसरीका रबिन मण्डलले ४४ बलमा ८७ रन बनाउँदै सात छक्का र तीन चौका प्रहार गरे। उनको विस्फोटक प्रदर्शनका लागि उनलाई प्लेयर…
सुनसरी, २८ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २७ गते अपरान्ह बराहक्षेत्र-१ खार खोलाका २७ बर्षीय संजिव राईले एटीएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा, २८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ…
झापा, २८ असोज । स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
इलाम, २८ असोज । सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज २७ गते साँझ, अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका–७ का १९ वर्षीय दिपक मगरको झोलाबाट ट्रामाडोल र डिकोलिक गरी ३,९९०–३,९९० ट्याब्लेट बरामद गरेको हो। अटो चालक त्रियुगा–१० का ३३ वर्षीय फिरोज मोहमद पनि नियन्त्रणमा लिइएको छ। त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१६ स्थितबाट ५६ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर–११ की २८ वर्षीया रन्जिता राय अमातलाई पक्राउ गरेको छ। यता, इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले विराटनगर–१८ स्थित ICP सडक खण्डमा प्र.१–०२–००४ ह…
इलाम, २८ असोज । झापा जिल्लाको गौरीगंज गाउँपालिका–४ हुक्कागाछीस्थित क्षेत्रबाट भारतबाट लुकाई छिपाई ल्याइएको COBRA ब्राण्डका पटका प्रहरीले बरामद गरेको छ। मिति २०८२ असोज २८ गते बिहान ७:३० बजे, इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको गस्ती टोलीले उक्त स्थानमा २० बन्डल (१००० प्याकेट) बराबरको पटका फेला पारेको हो। बरामद पटकाको अनुमानित मूल्य रु ४०,००० रहेको प्रहरीले जनाएको छ। गस्ती टोलीलाई देख्नेबित्तिकै सन्दिग्ध व्यक्ति पटका त्यहीँ छाडी फरार भएको थियो। बरामद पटका इलाका प्रहरी कार्यालय गौरीगंजमा सुरक्षित राखिएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
इलाम, २८ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएको दस दिन बितिसक्दा पनि वैकल्पिक मार्ग तिल्केनी–सिमलगो सञ्चालनमा आउन सकेको छैन। यसले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा यातायात व्यवसायीलाई गम्भीर सास्ती भएको छ। माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ। तर पानीको उच्च बहाव र ह्युमपाइपको अभावका कारण तत्काल सञ्चालन सम्भव नभएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार पाँचथरबाट ह्युमपाइप मगाउने व्यवस्था गरिएको छ, जुन मंगलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ। हाल चारवटा स्काभेटर परिचालन गरी डाइभर्सन निर्माण कार्य…
झापा, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा…
झापा, २८ असोज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त पूरा गरेको हुनुपर्ने…