झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ…

Read More

झापा, ८ कात्तिक । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ । यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने…

Read More

झापा, ८ कात्तिक । निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यका लागि हेलिकप्टर लगायत सरकारी स्रोतसाधनको प्रयोग गर्ने गरेको खबर सार्वजनिक भइरहेका बेला आयोगले प्रदेश मुख्यमन्त्री कार्यालयलाई चुनाव प्रचारमा सरकारी स्रोतसाधनको प्रयोग हुन नदिन भनेको हो ।

Read More

विश्वको सबैभन्दा ठूलो कलर्ड हिराको डिसेम्बरमा लिलामी हुँदैछ । न्युयोर्कमा हुने लिलामीमा सोदबी नामको अक्सन हाउसले यो हिराबाट १५ मिलियन डलर (१ अर्ब ९६ करोड रुपैयाँ) पाउने अनुमान छ । नाशपातीको आकारको यो हिरा विश्वको सबैभन्दा ठूलो पोलिस्ड हिरा हो । यो हिराको नाम गोल्डन केनरी हो र यसको तौल ३०३.१० क्यारेट छ। अक्सनका लागि यो हिराको बेस प्राइस एक डलर मात्रै राखिएको छ । यसका लागि कुने पनि रिजर्भ मूल्य छैन । त्यसैले हिराको मूल्य कम्तीमा १५ मिलियन डलरसम्म पुग्नसक्छ । यो हिराको इतिहास निकै रोचक छ । बिजनेस टुडेको वेबसाइटमा छापिएको खबर अनुसार सन् १९८० को दशकको सुरुवातमा…

Read More

भद्रपुर, ८ असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मोत्सवको अवसर पारेर भद्रपुर–९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसित गासिएको ऐलानी जग्गामा निर्मित पार्क सहित अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् । सोही स्थानमा वि सं २०५१ सालमा मेची राजमार्गको बीचमा स्थापना गरिएको शालिक २०७८ भदौ १४ गते अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको थिो । राजमार्गको मापदण्ड अनुसार सडकको बीचका संरचना हटाइनु पर्ने नियम अनुशरण गर्दै वन समितिले नजिकै जोडिएको पैनीको ऐलानी जग्गामा आकर्षक फूलवारीसहित २४ लाख ७३ हजार ७४६ रूपैयाको लगानीमा निर्माण सम्पन्न गरिएको निर्माण…

Read More

विर्तामोड ,०७ कात्तिक । हिन्दुहरुको महान चाड शुभ दिपावलि को दोस्रो दिन कुकुर तिहारको अबसरमा झापाको विर्तामोडमा सामुहिक कुकुर तिहार मनाइएको छ। RemasterDirector_V0 सोमबार आदर्श ब्याङ्केट पार्टी प्यालेस बिर्तामोडको प्राङणमा एक कार्यक्रम गरि कुकुर तिहार मनाइएको हो ।कुकुरलाई फुलमाला ,अबिर तथा खानेकुरा दिइ ,कुकुर पुजन गरिएको हो। सुरुवाति कोठा नेपालको आयोजना रोटरी क्लब अफ बिर्तामोड मिड टाउन को साझेदारी ,हाम्रो अभियान नेपाल को सहकार्य कुकुर तिहार मनाइएको हो। कृति भट्टराइले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि बि .बि .सि नेपाली सेवाका झापा सम्बादाता तथा सूर्यादय टेलिभिजनका सम्पादक उमा कान्त खनाल,बिर्तामोड नगर पालिकाका वार्ड न ३ वडा अध्यक्ष मदन बुढाथोकी त्यसै गरि…

Read More

झापा, ७ कात्तिक । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।…

Read More

झापा, ७ कात्तिक । अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीकामा करिब २४ लाख माला बिक्री हुने अनुमान छ । करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए । मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ, तामाङले…

Read More

झापा, ७ कात्तिक । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।

Read More

झापा, ७ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने…

Read More