
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ कात्तिक । किसानले रोपाइँ गर्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ । तर, सरकारले कतिपय किसानले धान बेचिसकेपछि मात्रै समर्थन मूल्य तोकेको छ । सरकारी ढिलासुस्तीको शिकार कमजोर आर्थिक अवस्थाका किसान हुने गरेका छन्। आम्दानीको अन्य स्रोत नभएका आर्थिक हिसाबले तल्लो वर्गका किसानले धान भित्र्याएपछि खाली भएको जग्गामा हिउँदे बालीका लागि बीउ मल जोहो गर्न धमाधम धान बेच्न थाल्छन् । कतिपय किसानले त सरकारले मूल्य तोक्दासम्म आफूसँग भएको धान सस्तैमा फौबन्जारीलाई बेचिसकेका हुन्छन् । उनीहरूका लागि सरकारले तोक्ने मूल्य कागलाई बेल जस्तै हुने गरेको छ। कात्तिक १६ गते सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चालू आर्थिक वर्ष ९आव०…
झापा, २४ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो । भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा ‘बोर्डर आउट पोस्टु (बीओपी) स्थापना गरिएको छ। सीमा क्षेत्रको सुरक्षा मजबुतीका लागि केन्द्रबाट थप सुरक्षाकर्मी पठाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको…
झापा, २४ कात्तिक । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो । चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६…
झापा, २३ कार्तिक । मेचीनगरको वडा नं. १५ मा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले गरीब वर्गका लागि ल्याएको नीति र कार्यक्रमबाट प्रभावित भएको नवप्रवेशीहरुले बताएका छन् । आज विहान गोमनसरीको देवीबस्तीमा एक कार्यक्रमबीच झापा–१ का प्रतिनिधिसभा सदस्यको उम्मेद्वार एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश सभा सदस्यको उम्मेद्वार एवम् संविधानसभा सदस्य रबिन कोइराला र निवत्र्तमान प्रदेश सांसद् श्रीप्रसाद मैनालीले पार्टी प्रवेश गरेकाहरुलाई खादा र अबिर लगाएर स्वागत गरे । त्यसरी विभिन्न पार्टी परित्याग गरी ५८ जना प्रवेश गरेका हुन् ।
मेचीनगर, २३ कात्तिक । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या राखेका छौँ, उहाँले पहल गरिदिने वाचा हामीसँग गर्नु भएको छ ।’ उनले विगतमा जितेर गएका उम्मेद्वार फर्केर नआएकाले यसपाली गठबन्धनलाई भोट दिएर जिताउने बताए । स्थानीयका मागलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै प्रदेशका उम्मेद्वार तामाङले जितेर गएपछि यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना…
भद्रपुर, २३ कात्तिक । प्रजातान्त्रिक नेपाल निर्माणको इतिहास बोकेको नेपाली कांग्रेस पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका विश्वप्रकाश शर्मा झापा १ बाट संघीय संसदको उम्मेदवार छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरेका शर्मा सकारात्मक सोचबाट समाजको रूपान्तरण र राजनीतिमा पुस्तान्तरणका लागि निरन्तर संघर्ष गर्दै सफलता चुमिरहेका व्यक्ति हुन् । २०५७ सालमा नेपाल विद्यार्थी संघको आठौँ महाधिवेशनबाट सभापति भएका शर्मा २ वर्षे कार्यकाल भित्रै नवौँ महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने एकमात्र सफल सभापतिको इतिहास निर्माण गरेका जिम्मेवार नेता पनि हुन् । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनदेखि निरन्तर जनअनुमोदनका लागि प्रयासरत शर्मा राज्यका कुनै पनि पदमा आसिन नभएका व्यक्ति हुन् । लाभको…
बिर्तामोड, २३ कात्तिक । गत कात्तिक २१ गते बिर्तामोडमा भएको ‘उम्मेद्वारसँगको अन्तरक्रिया कार्यक्रम’ को आयोजकमा सिके चिन्तन प्रतिष्ठानको नाम जोडिएको प्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईले आज एक प्रेसविज्ञप्ति जारी गर्दै प्रतिष्ठानलाई आधिकारिक रुपमा जानकारी नै नदिई एवम् नेतृत्वको अनुमति नलिई कार्यक्रम गरिएको र उक्त अमर्यादित कार्यप्रति दुःख ब्यक्त गर्नुुभएको छ । प्रतिष्ठानको रेखदेख गर्दै आएका ब्यक्तिले प्रतिष्ठानका पदाधिकारी÷सदस्यलाई जानकारी नै नदिई उक्त कार्यक्रम गरिएकोप्रति दुःख ब्यक्त गर्दै विज्ञप्तिमा सम्बन्धित ब्यक्तिलाई सचेत गराउँदै जिम्मेवारीबाट हटाइएको समेत उल्लेख गरिएको छ । गत सोमबार स्थानीयस्तरमा गठित ‘माता मन्दिर युवा क्लव परिवार’को आयोजनामा झापा क्षेत्र नं–२ बाट…
झापा, २३ कात्तिक । मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले झापाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने भएको छ । राष्ट्रिय पार्टीको मान्यता पाएसंगै नेमकिपाले झापामा पहिलो पटक उम्मेद्वार उठाउँदै निर्वाचनमा सहभागीता जनाएको हो ।झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीपूरमा वुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै चार वटै क्षेत्रका उम्मेद्वाहरुका विषयमा जानकारी गराइएको हो । नेमकिपाले झापा क्षेत्र नम्वर १ मा भने उम्मेद्वारी नदिएको जनाएको छ । पार्टीले झापा क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि महेन्द्र खायमली, क्षेत्र नम्वर ३ मा कृष्णगोपल छुस्याबाग, ४ मा विक्रम कासिछ्वा र क्षेत्र नम्वर ५ बाट रुद्रवहादुर…
झापा, २३ कात्तिक । भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ । सरकारले २०७२/ ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ । काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ । सडकको रेखाङ्कन नहुनु, मुआब्जा र क्षतिपूर्ति विवाद, सर्वोच्च अदालतको स्टे अर्डर र ठेकेदार कम्पनीको लापरबाही आदि कारणले यो सडक योजनाको निर्माण कार्य प्रभावित हुँदै आइरहेको छ । गल्छी(त्रिशूली–मैलुङ(स्याफ्रुबेंसी–रसुवागढी सडक…
झापा, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् । सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा। बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् । गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको…