झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेचीनगर, १६ कात्तिक । झापाका एक युवाले आफ्नो जन्मदिनको अवसरमा दुई दर्जनबढी सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने भएका छ्न् । मेचीनगर–१२ का राजन चिमरियाले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने योजना बनाएको जानकारी दिए । कार्तिक १६ गते जन्मदिन परेको चिमरियाले यो पटक सहिद तथा बेपत्ता परिवारको दर्दनाक अवस्था बुझेर सम्मानसहित गौ–दानसमेत गर्ने भएका छ्न् । उनले सहिदहरु बिरेन राजबंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ लगायतको परिवारलाई ८० हजार मूल्य पर्ने साथमा बाछि सहितको ूहोलिस्टेन जातूको गौ–दान गर्ने घोषणा गरेका हुन् । सहिद, बेपत्ता परिवार र घाइतेलाई कुनैपनि ठाउँबाट उपयुक्त किसिमको राहत एबम् जिबिकोपार्जनको…

Read More

एजेन्सी । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे । मिरर डट को डट युकेका अनुसार यो घटना अमेरिकाको हो । क्यालिफोर्नियाको रिडलीमा बस्ने २७ वर्षकी नोर्मा निनोले २९ वर्षका एक्सेलसँग विवाह गरेकी छिन् । विवाहका लागि नोर्मा शववाहनमा पुगेकी थिइन् । उनीहरुले कफिनले घेरिएको स्थानमा विवाह गरेका हुन् । साधारणतया अमेरिकामा विवाहका लागि दुलहीले सेतो गाउन लगाउने गर्छन् र अन्तिम संस्कारमा भाग लिन कालो पहिरन लगाउने गर्छन् । तर यो अचम्मको विवाहका लागि नोर्माले कालो लुगा लगाएकी…

Read More

झापा, १६ कात्तिक । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने मतपत्रका लागि अलगअलग मतपेटिकामा मत खसाल्ने व्यवस्था हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न…

Read More

ताप्लेजुङ, १६ कात्तिक । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ । अहिले अलैंची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैंची किसान ज्ञानबहादुर गुरुङले बताए । अलैंची सिजनका…

Read More

झापा, १६ कात्तिक । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो । उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध…

Read More

झापा, १६ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो । निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ । आयोगले मंगलबार आचारसंहिता उल्लंघन गर्ने विभिन्न पक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

झापा, १६ कात्तिक । प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन्। तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन्। यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रममा रोजगारीका विषय समेटिएको देखाउँछ। रोजगारी सिर्जना गर्ने सवालमा जुनसुकै दलको सरकार बने पनि साझा दस्तावेज बनाउन सक्नुपर्ने श्रमविज्ञ डा। गणेश गुरुङ बताउँछन्। ‘घोषणापत्रमा लेखेर मात्रै हुँदैन। निर्वाचनपछि मन्त्री तथा दलको प्राथमिकता रोजगारी सिर्जना पर्दैन’, गुरुङले भने। बर्सेनि पाँच लाख युवा श्रम बजारमा आउँछन्। त्यसमध्ये स्वदेशमै रोजगारी पाउनेको संख्या एक चौथाइ पनि छैन। सरकारी तथा निजी क्षेत्रले रोजगारी दिन नसक्दा दैनिक तीन हजार युवा वैदेशिक रोजगारीमा जान…

Read More

बिर्तामोड, १५ कात्तिक । नेपाल आदिवासी जनजाति महासंघले झापाका पाँचै वटा निर्वाचन क्षेत्रका उम्मेदवारसँग अन्तरक्रिया गर्ने भएको छ । महासंघले कात्तिक १७ गतेदेखि आदिवासी जनजातिका हक अधिकारका विषयलाई समेटेर उनीहरुसँग अन्तरक्रिया गर्ने भएको हो । महासंघले पाँचै वटा क्षेत्रका प्रतिनिधिसभा, प्रदेशसभाका प्रत्यक्ष एवम् समानुपातिकतर्फ दलीय र स्वतन्त्र उम्मेदवारहरुसँग अन्तरक्रिया गर्न लागिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष केवलराम राईले जानकारी दिनुभयो । संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरे पनि कार्यान्वनमा नआएको, आइएलओ को १६९ मा उल्लेख भएका आदिवासी जनजातिका कुराहरुको बेवास्ता गरिएको लगायतका आदिवासी जनजातिसँग जोडिएका स्थानीय र राष्ट्रिय मुद्दाहरुलाई समेटेर जितेर गएपछि सोको कार्यान्वयनका लागि प्रतिबद्धता लिने मुख्य…

Read More

झापा, १५ कात्तिक । झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी–७ का सपन खत्री रहेका छन् । उनीहरुले पूर्व रिसिईवीको कारण श्रेष्ठलाई कार्तिक १३ गते आईतबार राती साढे १० बजे उर्लाबारी–७ स्थित मावा खोलामा लागेको छैठ पुजाको मेलामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । घटनामा संलग्न रहेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट…

Read More

झापा, १५ कात्तिक । स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ । स्थानीय तहमा सङ्घीय निजामती सेवाका कर्मचारी, प्रदेश सेवाका कर्मचारी, स्थानीय सेवा, विभिन्न परियोजना र करार सेवाका कर्मचारी कार्यरत छन् । कर्मचारीले प्रदान गर्ने सेवा र तह एउटै भएको तर सेवासुविधा फरक–फरक भएकाले कर्मचारीबीच काममा उत्प्रेरणा नहुँदा त्यसको असर सेवा प्रवाहमा पर्ने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले जनाएको छ । आज गोरखापत्र…

Read More