
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ असोज । झापाको मेचीनगरबाट आइतबार बेलुका नगर र लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । मेचीनगर–१३ तेलिबारीस्थित फुलबासा चोकबाट सोही स्थानकी ४३ वर्षीया भारती राजवंशीलाई नगद र लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागे चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम र उनको घरबाट ८ ग्राम ब्राउनसुगर, डिजिटल मिनि तराजु एक थान, नगद रू तीन लाख ५३ हजार पाँच सय बरामद गरेको छ । लागुऔषध र नगदसहित पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको…
झापा, ३ असोज । सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख ९प्रमुख प्रशासकीय अधिकृत० छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने प्रतिबद्धता जनाएपछि मात्र कर्मचारी लैजाने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने पटक पटक सिंहदरबार धाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत पाउन…
झापा, ३ असोज । ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका तमाम खाले समस्या समाधान हुन सकेको छैन भने विकास र समृद्धिप्रतिको आशा र अपेक्षामा पनि सुधार आउन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकले दुःख पाउने क्रम घटेको छैन । संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तिनको कार्यान्वयन तीन वर्षभित्र कानुन बनाएर गरिने उल्लेख छ । निश्चित समय सीमाभित्र…
झापा, ३ असोज । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७२ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । ‘कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ’, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, ‘गत आर्थिक वर्षमा साढे ३१ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आवको पहिलो महिनामा पनि सुधार हुन सकेन ।’…
झापा, ३ भदौ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ । यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो । सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ । मन्त्रालयका सहसचिव रघुराम विष्टले आयोगलाई आवश्यक कर्मचारी आयोगले माग गर्नेबित्तिकै पठाउन सकिने बताए। उनका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगलाई आवश्यक पर्ने कर्मचारीको नाम आयोग पठाइने र सो सङ्ख्याबाट पनि अपुग भएमा थप जत्ति आवश्यक हुन्छ ती कर्मचारी सरकारले आयोगलाई…
झापा, ३ असोज । आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची तयार गर्न ठूला दलहरू चटारोमा छन्। निर्वाचन आयोग नेपालले असोज २ र ३ गतेभित्र समानुपातिकको बन्द सूची पेस गर्ने समयसीमा तोकेसँगै उनीहरूलाई समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार भएको हो। दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्नुअघि उम्मेदवार छनोटको मापदण्ड बनाएर व्यवस्थापनमा सहजीकरण गर्ने प्रयत्नमा छन्। यद्यपि जिल्ला क्षेत्र र प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरूको सूची निकै लामो भएपछि दलहरूलाई उम्मेदवार छनोटमा सकस परेको हो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
बिर्तामोड, ३ असोज । नेपाल प्रेस युनियन झापाले युनियनका केन्द्रीय अध्यक्षसहित झापाबाट युनियन, वान तथा प्रेस क्लबमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । युनियनको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष शिव लम्साल, उपमहासचिव युवराज गौतम, सचिव रेजिना गौतम, सदस्य शुशिला संग्रौला, स्वतन्त्र रेडियो प्रशारक संघ प्रदेश १ का संयोजक गिरीराज भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई स्वागत सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गोविन्दचन्द्र क्षेत्रीसहित अतिथिहरुले खादा माला र अविर लगाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लम्सालले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा कसैसंग पनि सम्झौता नहुने बताउनु भयो। कार्यक्रममा बोल्दै…
झापा, ३ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको बताउनुभएको छ । आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्षमार्फत स्थापित संविधानसभाबाट सात वर्षअघि आजकै दिन नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । “विभिन्न कालखण्डमा राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन…
फिदिम, ०२ अशोज । आधा बाउलाको सर्ट, हाफ पाइन्ट र स्याण्डिल लगाएको, कम्मरमा दाउ (खुकुरी) भिरेको, अग्लो र पातलो कदको एक अधबैंशे फिदिम र आसपासको क्षेत्रमा मृत्युका घटनामा प्रायः पुगेकै हुन्थ्यो । ऊ बढी केही थिएन, अरुजस्तै एक मलामी थियो । तर भूमिका भने सधैँ फरक हुन्थ्यो । घरबाट शव उठाउनदेखि घाटसम्म पुर्याउन ऊ लागिरहेकै हुन्थ्यो । शव जस्तोसुकै भएपनि उसले एक मानवका रुपमा दाहसंस्कारदेखि मृत्युकार्यमा सरसहयोग गर्थ्यो । वेवारिसे अवस्थाका मृत्युदेखि कालगतिका मृत्युका घटनामा पुग्ने ऊ मलामीमा मात्रै सिमित हुँदैनथ्यो । दाउरा किनेर शव जलाउने नसक्नेहरुका लागि रकम सङ्कलन गर्ने, काजक्रियाका लागि सहयोग उठाइदिने जस्ता कार्यमा उसले समाजलाई आव्हान गर्दथ्यो…
झापा, ०२ अशोज । नेपाल तमू (गुरुङ) बिद्यार्थी छोंज धीं केन्द्रीय समितीले संविधान दिवसक अवसरमा सोमबार साँझ प्रथम भर्चुअल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपालको संबिधानमा आदिवासी जनजातिहरुको अधिकार र कार्यान्वयन र तमू (गुरुङ) बिद्यार्थी छोंज धींको संगठानीक दायित्व, नेतृत्व तथा पदिय जिम्मेवारीका विषयमा भर्चुअल प्रशिक्षण कार्यक्रम गर्न लागिएको अध्यक्ष विश्वराज गुरुङले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा सहभागी हुन सम्पूर्ण केन्द्रीय समिति, राष्ट्रिय पार्षद सदस्य, जिल्ला पदाधिकारीहरुलाई अनुरोध समेत गरिएको छ । नेपालका ७७ वटै जिल्लाका गुरुङ, विद्यार्थीहरुलाई समेट्ने गरि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । प्रशिक्षणमा आदिवासी जनजाति आयोग सदस्य तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय…